FLASH NEWS
  • Loading...

म्याग्दीमा मतगणना स्थगित

  • पुनहिल डट कम
  • १ साल अघि
  • २३० पटक पढिएको
म्याग्दीमा मतगणना स्थगित

म्याग्दीमा प्रतिनिधी सभा मालिका गाउँपालिका ५ देविस्थानको भीम मावि र गौवमवस्त मावि मतदान केन्द्रको मतगणना गर्दा एक सय ४ मतपत्रमा मतदान अधिकृतको दस्तखत नभएको भेटिएपछि म्याग्दीमा मतदान स्थगित भएको छ ।
मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले मतपत्रमा दस्तखत नभएको विषयमा छानवीन भैरहेकोले केही वेर मत गणना स्थगित भएको बताए ।
मतगणनाको हालसम्म धवलागिरी गाउँपालिकाका ८ र मालिका गाउँपालिकाका ४ वडासम्म मत गणना गर्दा काँग्रेसका खमबहादुर गर्वुजाले अग्रता लिएका छन ।
गर्वुजाले ४ हजार ७ सय १८ मत प्राप्त गरेका छन । एमालेका हरीकृष्ण श्रेष्ठले ४ हजार १ सय ३२ मतले पछ्याएका छन ।
त्यसैगरी प्रदेश सभा क्षेत्र २ तर्फ धवलागिरी गाउँपालिका र मालिका गाउँपालिका ५ देविस्थानसम्मको घोषित मत परिणाम अनुसार गठवन्धनका रेशम जुग्जालीले ५ हजार १ सय ७४ मत पाएर अग्रता लएिका छन । त्यस्तै एमालेका यामबहादुर गर्वुजाले ४ हजार ८ सय ५१ मतले पछ्याएका छन ।