FLASH NEWS
  • Loading...

मुदी र लुलाङमा एमालेको चुनावी सभा

  • पुनहिल डट कम
  • १ साल अघि
  • १३९ पटक पढिएको
मुदी र लुलाङमा एमालेको चुनावी सभा

नेकपा एमालेबाट प्रदेशसभा निर्वाचन क्षेत्र (ख) का उम्मेदवार याम बहादुर गर्वुजाले जनताको लागि समर्पित भएर काम गर्ने प्रतिवद्धता जनाएका छन ।

प्रदेशसभा क्षेत्र (ख) निर्वाचन परिचालन कमिटीको आयोजनामा धवलागिरी गाउँपालिका वडा नम्वर २ लुलाङ र ४ मुदीमा आयोजित चुनावीसभालाई सम्वोधन गर्दै उम्मेदवार गर्वुजाले चुनाव जितेर गएपछि आफ्नो निर्वाचन क्षेत्रको जनताकै हितमा रहेर काम गर्ने बताएका हुन ।

‘ म्याग्दीखाेला र धवलागिरीका जनताको समस्या तथा आवश्यकताहरुसंग म परिचत छु । यहींकाे भुगाेलमा जनन्मिएर हुर्किएकाे हुँ ।  भौगोलिक अवस्था र स्थानीय श्रोत र साधनको उपलब्धताको आधारमा विकासका कार्यहरु गर्नेछु ’ उम्मेदवार गर्वुजाले भने, ‘ व्यक्तिगत लाभ, स्वार्थ केहि नभई खाली जिल्लाको समृद्धिको अभियानमा लाग्छु । हिजाे पनि मैले सक्ने ठाउँमा सवैलाइ सहयाेग गरेकाे हुँ । भाेली गरिरहन्छु । ’

विपक्षी गठवन्धनका उम्मेदवारले राजधानीमा ब्यवसाय गर्नेले गाउँकाे विकास गर्दैनन भनी गरेकाे अालाेचनाकाे खण्डन गर्दै गर्वुजाले भने, ‘ गठवन्धनका उम्मेदवार खम्वीर गर्वुजाकाे परिवार वेलायत बस्छ, उनी वेलायती सेनाबाट अाएका हुन, माअाेवादी केन्द्रले वुइ चढेका उम्मेदवार मीन श्रेष्ठले विममा कुटाे काेदालाे गर्छन की दग्नाममा बारीमा खेती गर्छन ?  ’ गर्वुजाले थपे,  ‘ किसानकाे छाेराे हुँ, हिजाे पनि सकेसम्म सवैलाइ सहयाेग गरेकाे छु, कसैलाइ त्रसाएकाे छैन । जहान पाल्न केही समय काठमाणडाैमा ब्यवसाय गरिएहाेला, गाउँ छाेडेर हिंडेकाे छैन ।’

कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला ईन्चार्ज भूपेन्द्र बहादुर थापाले राष्ट्रिय हित, स्वाधिनता र स्वाभिमानको रक्षा, राजनीतिक स्थायित्व, मितव्ययी, पारदर्शी र जनउत्तरदायी शासन व्यवस्था संचालनका लागि एमालेनै सक्षम भएकाे दावी गर्दै एमालेलाइ मतदान गर्न अाग्रह गरे । केन्द्रिय सदस्य तथा जिल्ला सहईन्चार्ज नरदेवी पुनले समृद्ध नेपालः सुखी नेपाली को राष्ट्रिय आकाङ्क्षालाई पुरा गर्न मंसिर ४ को निर्वाचन पछि देशमा एमालेको सरकार बन्न आवश्यक रहेको बताइन ।
कार्यक्रममा जिल्ला कमिटी उपसचिव थमसरा पुन, सचिवालय सदस्य खरमाया विटालु, जिल्ला सदस्य दिनेश केसी, मदन मल्ल, पालिका कमिटी अध्यक्ष रेशम छन्त्याल लगायतले मन्तब्य राखेका थिए ।