FLASH NEWS
  • Loading...

माइक घन्काउँदै गाउँ छिरे उम्मेदवार

  • पुनहिल डट कम
  • १ साल अघि
  • १८९ पटक पढिएको
माइक घन्काउँदै गाउँ छिरे उम्मेदवार

राजनैतिक दलहरु आफ्ना उम्मेदवार लिएर चुनाव प्रचार टोली शुक्रवार देखी गाउँ उक्लेका छन ।
गाडीमा जोडेका लाउड स्पीकरमा चुनावी गीत र नारा घन्काउँदै झण्डा बोकेका कार्यकर्ता, कलाकार सहितको राजनैतिक दलका कार्यकर्ता तथा प्रतिनिधी सभा र प्रदेश सभा सदस्य पदका उम्मेदवारहरु चुनाव प्रचारमा निक्लेका हुन ।
शुक्रवार प्रतिनिधी सभाका उम्मेदवार हरीकृष्ण श्रेष्ठ र प्रदेश सभा (१)का उम्मेदवार देवेन्द्रबहादुर केसीसहितको एमालेको टोलीले बेनी नगरपालिका, ५ पुलाचौरबाट चुनाव प्रचार प्रसार सुरु गरेको छ ।
एमालेले शुत्रवार विहान बेनी नगरपालिका, ५ को सेतोढुङ्गा, दिउँसो पुलाचौर र साँझ सोही वडाको डढुवामा चुनावी सभा गरेको छ ।
त्यसैगरी गठवन्धनबाट प्रतिनिधी सभा सदस्य उम्मेदवार खमबहादुर गर्वुजा र प्रदेश सभा (१)का उम्मेदवार हरीबहादुर भण्डारीले पनि शुक्रवार विहानबाट बेनी नगरपालिका, ९ घतानको नेप्टेचौरबाट चुनाव प्रचार सुरु गरेको छ । त्यसैगरी गठवन्धनको चुनाव प्रचार टोलीले विहानै बेनी नगरपालिका, ६ अथुङ्गे, दिउँसो बेनी नगरपालिका, ५ पुलाचौर र साँझ सोही नपा–४ सिङ्गामा चुनावी प्रचास सभा गरे ।
‘प्रतिद्वन्द्वी दलका उम्मेदवारसँग चुनावी कार्यक्रम नजुधोस भनेरै हामीले १५ दिन अघि नै निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय र सुरक्षा निकायमा कार्यक्रम स्थल, समय र मिती जानकारी गराएका छौं’ एमाले चुनाव प्रचास संयोजक प्रमोद श्रेष्ठले बताए ।
दलहरुले आ–आफ्ना चुनाव प्रचार प्रसारको मुख्य कार्यक्रम गर्दा प्रतिनिधी सभा सदस्य पदका उम्मेदवारसँग प्रदेश सभाका उम्मेदवारको चुनावी कार्यक्रमलाई जोडिएको छ । प्रतिनिधी सभा सदस्य जुन प्रदेश निर्वाचन क्षेत्रका बस्तीमा पुग्छन, सोही वस्तीमा प्रदेश सभा सदस्य उम्मेदवार जोडिने गरी चुनाव प्रचार कार्यक्रम बनाएका छन ।
काँग्रेस जिल्ला सचिव हिरावहादुर पुनले एमालेसँग चुनाव कार्यक्रम नजुधाउने सकेसम्म स्थान फरक, स्थान जुधेपनि समय फरक बनाएको बताए ।
चुनावी सरगर्मी बढेसँगै फेसबुक, इष्टाग्राम, ट्वटर समेतका सामाजिक संञ्जालहरु चुनावी प्रचार–प्रसारले रंगिएका छन । सवै दलले असली मतदाता गाउँका कृषकलाई भेट्ने भन्दाबढी जोड सामाजिक संञ्जालको उपयोग गर्न लागेका छन ।