FLASH NEWS
  • Loading...

मतदान प्रतिनिधी काे काे बस्न पाउँछन ? यस्ताे छ, नयाँ नियम

  • पुनहिल डट कम
  • १ साल अघि
  • १४८ पटक पढिएको
मतदान प्रतिनिधी काे काे बस्न पाउँछन ? यस्ताे छ, नयाँ नियम

प्रतिनिधी सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको दिन मंसिर ४ गते मतदान स्थलमा प्रत्यक्ष तर्फका उम्मेदवार वा उम्मेदवारका एक जना प्रतिनिधी मात्र मतदान प्रतिनिधीको रुपमा रहन पाउने भएका छन ।
निर्वाचन आयोगले बुधवार मतदान स्थलमा खटिएका मतदान अधिकृतहरुकालागी विशेष निर्देशन जारी गर्दै प्रत्यक्ष तर्फका उम्मेदवारका एक जना मात्र मतदान प्रतिनिधीको रुपमा राख्न परिपत्र गरेको हो । परिपत्र अनुसार मतदान स्थलमा प्रत्यक्ष तर्फ उम्मेदवार नभएका दलबाट समानुपातिकका उम्मेदवार छन भन्ने आधारमा मतदान प्रतिनिधी बस्न पाउने छैनन ।
परिपत्र अनुसार जिल्लामा एमाले, काँग्रेस, माओवादी केन्द्र, नेशनल मंगोल अर्गनाईजेसन, राप्रपा, स्वतन्त्र पार्टीका उम्मेदवारका मात्र मतदान प्रतिनिधी रहने भए । समानुपातिक तर्फ मात्र उम्मेदवारी दिएका दलहरुले मतदान स्थलमा प्रतिनिधीको रुपमा बस्न पाउने छैनन । नेकपा एस, जनमाेर्चा समेतका दलले निर्वाचन प्रतिनिधी बस्न पाउने छैनन ।