FLASH NEWS
  • Loading...

पैसा बाँडेकाे अभियाेगमा निर्वाचन अधिकृतको कार्यालयले साेध्याे माओवादी केन्द्रका उम्मेदवारलाई २४ घन्टे स्पष्टिकरण

  • पुनहिल डट कम
  • १ साल अघि
  • १८६ पटक पढिएको
पैसा बाँडेकाे अभियाेगमा निर्वाचन अधिकृतको कार्यालयले साेध्याे माओवादी केन्द्रका उम्मेदवारलाई २४ घन्टे स्पष्टिकरण

निर्वाचन आचारसंहिता उल्लङघन गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले गठवन्धनबाट प्रदेश सभा १ र २ क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवारद्वय हरीबहादुर भण्डारी र रेशमबहादुर जुग्जालीलाई २४ घन्टे स्पष्टिकरण सोधेको छ ।
माओवादी केन्द्रका प्रदेश सभा १ का उम्मेदवार हरीबहादुर भण्डारीले बेनी नगरपालिका, ६ छापा स्थित छापा युवा क्वललाई १० हजार र प्रदेश निर्वाचन क्षेत्र २ का उम्मेदवार रेशमबहादुर जुग्जालीले मालिका गाउँपालिका, ७ स्थित साईनिङ युवा क्लव विममा ७ हजार नगद बाँडेको प्रमाणसहित मंगलवार मुख्य निर्वाचन कार्यालयमा उजुरी परेको थियो ।
गठवन्धनबाट प्रतिनिधी सभा सदस्य उम्मेदवार काँग्रेसका खमबहादुर गर्वुजा विरुद्ध निर्वाचन आचारसंहिता उल्लङ्घन सम्बन्धी उजुरीका सम्बन्धमा भने ‘उजुरी र पेश भएको कागजातको अन्तरसम्बन्ध पुष्टी हुने प्रमाण नदेखिएकोले तत्काल कुनै कारवार्ही गर्नु परेन’ निर्वाचन आचार संहिता अनुगमन समितिको निर्णयमा उल्लेख छ ।
प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार तथा काँग्रेस सभापति खमबीर गर्वुजाले मालिका गाउँपालिका स्थित सृजनसिल युवा क्लवलाई चुनावचिन्ह अंकित नेपाली काँग्रेसको टिर्सटसमेत युनिफर्म बाँडेर निर्वाचन आचार संहिता उल्लङघन गरेको उजुरी दर्ता भएको थियो ।
‘माओवादी केन्द्रका प्रदेश सभाका उम्मेदवारद्वय विरुद्ध परेको उजुरीमा पेश भएका प्रमाण अध्ययनपछि २४ घन्टे स्पष्टिकरण सोधेका छौं । प्रतिनिधी सभा सदस्य उम्मेदवार खमबहादुर गर्वुजा विरुद्ध परेको उजुरीमा पेश भएको प्रमाण तत्काल पुष्ट्याई हुने नदेखिएकोले कुनै कार्वाही भएन’ मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधिस कृष्णप्रसाद नेपालले भने, ‘अस्ती एमालेका उम्मेदवारद्वयलाई सोधेको स्पस्टिकरणको जवाफ आएको छ, थप अनुसन्धान जारी छ ।’
निर्वाचन आचारसंहिता उल्लङ्घन बढ्दै गएको र उजुरीको दोहोरी चल्ने देखिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले सवै उम्मेदवार र दललाई बोलाई सचेत गराउने भएको छ ।