FLASH NEWS
  • Loading...

निर्वाचनलाइ कर्मचारी खटाउँदा असमान व्यवहार गरेको गुनासो

  • पुनहिल डट कम
  • १ साल अघि
  • १७८ पटक पढिएको
निर्वाचनलाइ कर्मचारी खटाउँदा असमान व्यवहार गरेको गुनासो

अासन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन अन्तर्गत मंसिर ४ गते मतदान सम्पन्न गर्न मतदान अधिधकृत, सहायक मतदान अधिकृत र सहायक कर्मचारी खटन पटन गर्दा सरकार अनुकुल परिचान गरिएकाे गुनासाे बढेकाे छ ।

समान पद र हैसियतका अधिकृतहरूलाइ कसैलाइ मतदान अधिकृत खटाइएकाे, कसैलाइ सहायक मतदान अधिकृतमा झारिएकाे र कसैलाइ नखटाइएकाे, कर्मचारी खटनपटन गर्दा सत्तागठवन्धनकाे अनुकुल हुनेगरी गरिएकाे भन्दै कतिपय अधिकृत र कर्मचारीले मतदानमा नखटिने भन्दै नाम फिर्ता गरेकाे बताएका छन । निर्वाचन गराउन मतदान केन्द्रमा खटाउने मतदान अधिकृत,सहायक मतदान अधिकृत र कर्मचारी छनौंट र परिचालन गर्दा जिल्ला प्रशासन र सहायक निर्वाचन अधिकृतको मिलेमतोमा कर्मचारी परिचालन गरिएकाे अाराेप लागेकाे हाे ।

कर्मचारी खटनपटन गर्दा जिल्ला प्रशासन कार्यालयले राजनीतिक आस्था र विचारका आधारमा विभेदपूर्ण व्यवहार गरेको एक कर्मचारीले बताए । अधिकृत स्तरको कर्मचारीलाई सहायक मतदान अधिकृत र नासू स्तरको कर्मचारीलाई मतदान अधिकृत बनाइएको र त्याे पनि गठवन्धनका उम्मेदवारकाे अनुकल र प्रतिकुल भनी विष्लेशणा गरी साेही अनुसार कर्मचारी सेटिङ भएकाे ति कर्मचारीकाे अाराेप छ ।

प्रशासनले कर्मचारीहरु छनाैट गर्दा  गत साउनमा सेवा निवृत्त भएका,सुत्केरी तथा असाधारण विदामा वसेका कर्मचारी समेतलाई निर्वाचनमा छनौंट गरेर जिल्ला प्रशासनले लापरबाही गरेको पाइएको ति कर्मचारीले अाराेप लगाए । तर सेवा निवृत्त कर्मचारी काे हुन स्वतन्त्र पुष्टी हुनेगरी खुलाएनन ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंगलबार म्याग्दीका एकसय २० वटा मतदान केन्द्रमा खटिने ९५६ जना कर्मचारीहरुको विवरण सार्वजनिक गरेको थियो । विवरण सार्वजनिक भएसँगै कतिपय कर्मचारीहरु असन्तुष्ट हुँदै निर्वाचनमा नजाने भन्दै नाम कटाउन निवेदन बुझाएका छन् ।

यता सहायक निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले शिक्षक खटाउँदा अलिअलि गुनासाे अाएकाे बताएपनि समस्या शिक्षककाे नभै निजामती कर्मचारी अझ शाखा अधिकृतहरूले नै विभेदकाे गुनासाे गरेका हुन ।