FLASH NEWS
  • Loading...

दाना र नारच्याङमा एमालेको चुनावी सभा

  • पुनहिल डट कम
  • १ साल अघि
  • १८९ पटक पढिएको
दाना र नारच्याङमा एमालेको चुनावी सभा

 

मंसिर ४ गते हुन गैरहेको आम निर्वाचन अन्तर्गत प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनको प्रचार–प्रसार गर्दै एमालेका उम्मेदवारहरू आइतवार अन्नपुर्ण गाउँपालिका, ३ दाना र ४ नारच्याङ पुगेको छ ।

एमालेबाट प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार हरीकृष्ण श्रेष्ठ र प्रदेश सभा सदस्य क्षेत्र १ का उम्मेदवार देवेन्द्र केसीसहितको चुनाव प्रचार प्रसार टोलीलाइले दाना र नारच्याङमा चुनावी सभा गरेका हुन ।

चुनावी सभालाइ सम्बोधन गर्दै प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार हरीकृष्ण श्रेष्ठले नीति निर्माणसँगै अन्नपूर्णको विकासमा योजनावद्ध रूपमा विकास गर्न जोड दिने बताए  ।

अन्नपूर्ण गाउँपालिका कृषि, पर्यटन, जलविद्युत, तातोपानी कुण्डलगायत थुप्रै क्षेत्रको सम्भावना बोकेको पालिका भएको बताउँदै अन्नपूर्णको दीगो विकासका लागि आफू योजना बनाइ लाग्ने दावी गरे ।

सोही सभालाइ सम्बोधन गर्दै अर्का प्रदेस सभा सदस्य उम्मेदवार देवेन्द्र केसीले अन्नपुर्ण क्षेत्र पर्यटकीय क्षेत्र भएकोले परम्परागत पर्यटनमा सुधार र परिस्कृत गरी सकेसम्म धेरैले लाभ लिन सक्ने गरी पर्यटन, कृषी, पशुपालनमा जोड दिने बताए ।