FLASH NEWS
  • Loading...

गुर्जाका २६ घण्टामा मतपेटिका आइपुग्यो, ९ बजेबाट मतगणना

  • पुनहिल डट कम
  • १ साल अघि
  • ११८ पटक पढिएको
गुर्जाका २६ घण्टामा मतपेटिका आइपुग्यो, ९ बजेबाट मतगणना

म्याग्दीको धवलागिरि गाउँपालिका १ गुर्जाको मतपेटिका २६ घण्टामा बेनी आइपुगेको छ ।

मतदान सम्पन्न भएको २६ घण्टापछि सोमबार साँझ मतपेटिका बेनी स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएको हो । वडा नम्बर ४ मुदी बगराको मतपेटिका पनि सोमबार साँझ बेनी आइपुगेको हो ।
यातायातको पहुँच नभएको गुर्जा र बगराका मतपेटिका मतदान गराउन गएको कर्मचारी र सुरक्षाकर्मी सहितको टोलीले मतपेटिका बोकेर ९ घण्टा पैदलयात्रा गरेका थिए । मतपेटिका बोकेर आएको टोली धवलागिरि गाउँपालिका वडा २ लमसुङबाट यातायातको साधन प्रयोग बेनी आएको छ ।