FLASH NEWS
  • Loading...

गठवन्धनका उम्मेदवारले अाइतवार पाखापानी, झिं र पात्लेखेतमा चुनावी सभा

  • पुनहिल डट कम
  • १ साल अघि
  • १२४ पटक पढिएको
गठवन्धनका उम्मेदवारले अाइतवार पाखापानी, झिं र पात्लेखेतमा चुनावी सभा

अासन्न प्रतिनिधी सभा सदस्य पदकालागि गठवन्धनबाट उम्मेदवार खमबहादुर गर्वुजा र प्रदेश सभा सदस्य पदका उम्मेदवार हरीबहादुर भणडारीले अाइतवार रघुगंगा गाउँपालिका, ६ पाखापानी, ५ झिं र बेनी नगरपालिका, १० पात्लेखेतमा चुनावी सभा गरेका छन ।

ति चुनावी सभालाइ सम्बाेधन गर्दै उम्मेदवारद्वयले एमालेले यस अघि चुनाव जितेपनि काम गर्न नसकेकाे र माथी पहुंच नभएकाेले अाफुहरूलाइ निर्वाचित गरे छ बर्षमा जिल्लाकाे मुहार फेरी दिने अाश्वासन दिए ।

आइतबार आयोजित आमसभामा विकास गर्न सकिने उपाय थाहा पाउँदापाउँदै पनि पहुँचको अभावका कारण अब बिकासको लहर ल्याउनुपर्ने दावी गर्दै गर्वुजाले भने,   ‘जनताको विश्वास र भरोसालाई सधैं सिरमा राखेर पाँचबर्षमा मतदातले भन्न सक्ने काम गर्नेछु  ।’

यसैबीच प्रदेशसभा क्षेत्र नं २ को विभिन्न स्थानमा चुनावी आमसभा भएको छ । प्रदेशसभा उम्मेदवार एवम् नेकपा माओवादी केन्द्रका संयोजक रेशम जुग्जाली (सुविन)ले अव पाँचबर्ष गठबन्धनबाट जितेका उम्मेदवारले पश्चिम म्याग्दीको विकासलाई नयाँ उचाईमा पुर्याउने दावी गरेका छन । गठबन्धनले चुनावी सभा सहित घरदैलो र भेटघाटलाई समेत तिब्रता दिएका छन् ।