FLASH NEWS
  • Loading...

गठवन्धनका उम्मेदवारकाे मुदी, मुना, ताकम र धारापानीमा चुनावी सभा

  • पुनहिल डट कम
  • १ साल अघि
  • २९५ पटक पढिएको
गठवन्धनका उम्मेदवारकाे मुदी, मुना, ताकम र धारापानीमा चुनावी सभा

गठवन्धनका उम्मेदवारहरूले अाइतवार दुर्गम धवलागिरी गाउँपालिकाकाे मुदी, मुना, ताकम र धारापानीमा चुनावी सभा सम्पन्न गरेका छन ।

गठवन्धनबाट प्रतिनिधी सभा सदस्य उम्मेदवार खमबहादुर गर्वुजा, प्रदेश सभा, २ का उम्मेदवार रेशमबहादुर जुग्जालीसमेतकाे टाेलीले अाइतवार विहान मुदी, िदउँसाे मुना र ताकम तथा साँझ धारापानीमा चुनावी सभा गरेकाे हाे । चुनावी सभामा काँग्रेसका जिल्ला नेता रेशम बानियाँ, माअाेवादी केन्द्रका गाेविन्द पाैडेल समेतका नेताले ‘स्थिरता, विकास र सम्बृद्धीका लागि बनेको गठबन्धनका उमेद्वारहरुलाई जिताउन आव्हान अावश्यक छ ।’

उम्मेदवार  गर्बुजाले समग्र म्याग्दीको भौतिक, सामाजिक, आर्थिक विकास र यहाँका बासिन्दाको समस्यालाई सम्बोधन गर्ने कानुन निर्माणमा गर्ने र जिल्लाका अधुरा योजनाहरुलाई जति सक्दो छिटो पूर्णता दिन अाफु उम्मेदवार बनेकाे दावी गरे ।