FLASH NEWS
  • Loading...

गठवन्धनकाे बेग र भगवतीमा चुनावी सभा

  • पुनहिल डट कम
  • १ साल अघि
  • २०५ पटक पढिएको
गठवन्धनकाे बेग र भगवतीमा चुनावी सभा

 गठबन्धनले बिहिबार म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग र २ भगवतीमा चुनावी आम सभा सम्पन्न गरेको छ ।

चुनाबी सभामा बोल्दै उम्मेदवारहरुले अबको पाँचबर्षमा राखु र बेगको विकासको लागि गठबन्धनका उम्मेदवारलाई मत दिएर विजय बनाउन मतदातालाई अपिल गरे ।

सभामा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार खमबहादुर गर्वुजाले अधुरा खानेपानी र सडकका आयोजनालाई पुरा गर्ने दावी गरे ।

‘रघुगंगाको वडा नं. १ बेग, २ राखु भगवती, २ पिप्लेमा एक घर एक धारा खानेपानी आयोजनालाई पूर्णता दिई जनतालाई जिवनस्तरमा सुधार आउने योजनालाई प्राथमिकता दिनेछु ।’  उम्मेदवार गर्वुजाले बताए ।

त्यस्तै, प्रदेशसभा निर्वाचन क्षेत्र (१)का उम्मेदवार हरि भण्डारीले गलेश्वर, पिप्ले, भगवती, बेग जोड्ने सडकलाई कालोपत्रे गर्ने योजना अगाडी बढाउने बताए ।

‘गुठी प्रमुख समस्या रुपमा रहेको छ, प्रदेश सभामा पुग्ने अवसर मिलेमा त्यसको लागि आवश्यक निति निर्माण गरि समाधान गर्न म प्रतिबद्ध छु, यस क्षेत्रको सम्रग विकास र युवाहरुलाई आत्मनिर्भर बनाउने मेरो अर्को प्राथमिकता हो ।’ उम्मेद्वार भण्डारीले भण्डारीले बताए।