FLASH NEWS
  • Loading...

चुनावी धपेडी ः गठवन्धनका उम्मेदवारकाे रघुगंगाका चार वडामा चुनावी सभा

  • पुनहिल डट कम
  • १ साल अघि
  • ११२ पटक पढिएको
चुनावी धपेडी ः गठवन्धनका उम्मेदवारकाे रघुगंगाका चार वडामा चुनावी सभा

अासन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा गठबन्धनका दलले म्याग्दीमा चुनाबी प्रचार अन्तर्तग सोमबार रघुगंगा गाउँपालिका–८ घ्यासीखर्क, ७ चिमखोला, वडा नम्बर ४  दग्नाम र वडा नम्बर ३ पिप्लेमा चुनावी आमसभा गरे ।

ति चुनावी सभालाइ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार खमबहादुर गर्वुजा रघुगंगा भेगलाई पर्यटन, जलविद्युत, कला संस्कृति, जडिबुटी खेती, कृषि र पशुपालनमा समृद्ध र विकसित बनाउने दावी गरे ।

????????????????????????????????????

 

त्यसैगरि गठबन्धनबाट प्रदेशसभा (क)का उम्मेदवार हरि भण्डारीले विविधताले भरिपूर्ण रघुगंगा गाउँपालिकामा लुकेर रहेका सम्भावनाको उजागर, समस्याहरुको पहिचान र निराकरण संगै सडक, शिक्षा, स्वास्थ्य, खानेपानीका सुविधा विस्तार र गुणस्तर सुधार गर्दै युवाहरुलाई स्वदेशमै आत्मनिर्भर बनाउने आफ्नो  एजेण्डा सुनाए ।