FLASH NEWS
  • Loading...

गठबन्धनको निस्कोट, रुम र डाडागाउँमा चुनावी सभा

  • पुनहिल डट कम
  • १ साल अघि
  • १२६ पटक पढिएको
गठबन्धनको निस्कोट, रुम र डाडागाउँमा चुनावी सभा

प्रतिनिधि र प्रदेशसभा सदस्य चुनावका लागि पाँच गठबन्धनका उमेद्वारले शुक्रबार म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोट, २ रुम र ३ डाडागाउँमा चुनावी सभा गरेका छन् ।

सभालाई सम्बोधन गर्दै उमेद्वार तथा गठबन्धनका नेताहरुले निस्कोट, रुम र डाडागाउँ जोड्ने सडकलाई स्तरोन्नति गर्ने, अधुरो विद्युतीकरण योजनालाई पूर्णता दिने, खानेपानी सुविधा विस्तार गर्ने, ढुङ्गाखानीलाई व्यवस्थित रुपमा सञ्चालन गर्न नीति बनाउने, शिक्षा, स्वास्थ्यमा सुधार, कृषि, पर्यटन र जडिवुटीको विकासमा जोड दिने प्रतिवद्धता जनाएका छन् ।

चुनावी सभामा प्रतिनिधी सभा सदस्य उम्मेदवार खमबहादुर गुर्वुजाले जनताकाे सेवा गर्न वेलायी सेनाबाट समय नपुग्दी रिटायर्ड भै अाएकाे र पटक–पटक पराजित हुँदा पनि जनताकाे दैलाेमा अाउन नछाेडेकाे दावी गरे ।

त्यस्तै, साेही सभामा प्रदेश सभा सदस्य उम्मेदवार रेशमबहादुर जुग्जाललीले “यहाँको समग्र विकासलाई तिब्रताका साथ अघि बढाउन पुलको काम गर्छु,” जुग्जालीले भने “नीति निर्माण तहमा म्याग्देली जनताको आवाज र भावनाको प्रतिनिधित्व गराउछु ।”