FLASH NEWS
  • Loading...

एमाले उम्मेदवारकाे प्रतिवद्धता ः धवलागिरीको पर्यटन पूर्वाधारमा जोड

  • पुनहिल डट कम
  • १ साल अघि
  • १४६ पटक पढिएको
एमाले उम्मेदवारकाे प्रतिवद्धता ः धवलागिरीको पर्यटन पूर्वाधारमा जोड

अासन्र अाम निर्वाचन अन्तर्गत मंसिर  ४ गते हुन गैरहेकाे प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा एमालेबाट प्रदेशसभा निर्वाचन क्षेत्र (ख) का उम्मेदवार याम बहादुर गर्वुजाले धवलागिरि गाउँपालिकामा पर्यटनको प्रचुर सम्भावना भएकाले पुर्वाधार निर्माणमा विशेष जोड दिने प्रतिवद्धता जनाएका छन ।

शनिवार धवलागिरि गाउँपालिका वडा नम्वर ७ को धारापानी, ताकम र वडा नम्वर ३ को मुनामा आयोजित चुनावीसभामा उम्मेदवार गर्वुजाले ऐतिहासिक धार्मिक पर्यटकीय स्थल ताकमकोटमा थप पूर्वाधार निर्माण गरि आन्तरिक तथा वाह्य पर्यटकको आगमन बढाउने दावी गरे ।

गर्वुजाले धवलागिरी गाउँपालिका दर्जनबढी लुकेका पर्यटकीय गन्तब्य छन । ताकम ति गन्तब्यमा पुग्ने प्रवेश द्वार भएकाेले धवलागिरी, गुर्जा, पुथा हिमाल पुग्ने, ढाेरपाटन सिकार अारक्ष पुग्ने, डाेल्पा र लुकेकाे वस्ती गुजासमेतका पर्यटकीय रूटकाे ब्यवस्थित संञ्चालन, धवलागिरी क्षेत्रमा पर्यटनकाे ब्यवसायीक प्रवेस गराउँने उम्मेदवार गर्वुजाले बताए । त्यस्तै,  चुनावीसभामा स्थानीयहरुसंग भोटको अपिल गर्दै उम्मेदवार गर्वुजाले युवाहरुलाई स्वरोजगार बनाउने गरि कार्यक्रम नीति बनाउन पहल गर्ने प्रतिवद्धता दाेहाेर्याय ।

उम्मेदवार गर्वुजाले सिवाङको हेम माविमा क्याम्पस संचालन गर्न पहल गर्ने, एमालेको सरकारले ल्याएको नमुना आवासिय विद्यालय कार्यक्रम अन्तर्गत हेम माविमा निर्माण भएको नमुना आवासीय छात्रावासलाई थप व्यवस्थित बनाउने र आफ्नो निर्वाचन क्षेत्रको अन्य दुईवटा पालिकामा पनि एक पालिका एक आवासीय छात्रावास निर्माण गरि अनाथ तथा गरिव बालबालिकाहरुलाई आवासीय सुविधा सहित शिक्षा प्रदान गर्ने योजना सुनाए ।

सभामा बोल्दै नेकपा एमालेका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला ईन्चार्ज भुपेन्द्र बहादुर थापाले वर्तमान गठबन्धन मुलुकको विकास र समृद्धिका लागि नभएर भागबण्डाका लागि मात्रै भएको आरोप लगाए । कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य सुवास विश्वकर्मा, जिल्ला कमिटी उपसचिव तथा धवलागिरि गाउँपालिकाका निवर्तमान अध्यक्ष थमसरा पुन, जिल्ला कमिटी सचिवालय सदस्य एवम् प्रदेशसभा ख निर्वाचन परिचालन कमिटी संयोजक खरमाया विटालु, सचिवालय सदस्य देवेन्द्र थापा, जिल्ला कमिटी सदस्य तथा युवा ईन्चार्ज दिनेश केसी, जिल्ला कमिटी सदस्य ईश्वर सुवेदी लगायतका नेताले सम्वोधन गरेकाे सचिव प्रगति कार्कीले बताए ।