FLASH NEWS
- Loading...
पुनकाे पहिचान खाेज्ने ‘ पुन जाति र भाषा ’ शिर्षक पुस्तक प्रकाशित
- पुनहिल डट कम
- २ साल अघि
- ३८९ पटक पढिएको

छुट्टै जातिय पहिचानकाे खाेजीमा जुटेकाे पुन समाज नेपालले शनिवार पाेखरामा एक कार्यक्रमका विच ‘ पुन जाति र भाषा ’ शिर्षक पुस्तक प्रकाशित गरेकाे छ ।
पुस्तकको आज एक कार्यक्रमकाबीच पोखरामा नेपाल प्रज्ञा प्रतिष्ठानका निमित्त कुलपति संस्कृतिविद् प्राडा जगमान गुरुङले लोकापर्ण गरे । पुस्तकमा पुन जातिका संस्कार, संस्कृति, गीत सङ्गित, पुन जातिको लिखित र अलिखित इतिहास, पौराणिक किवंदन्ती र कथाहरु र पुन जातिमा बोलिने शव्दावलीहरु समावेश छन् ।
पुन जातिको भाषा, धर्म, संस्कार, संस्कृति, भेषभुषा, भुगोल, इतिहास आदिको प्रमाणिकरण तथा संरक्षण सम्बर्धन गर्ने उद्देश्यले पुस्तक प्रकाशन गरिएको पुन समाज नेपालका विदेश विभाग प्रमुख चामबहादुर पुनले जानकारी गराएका थिए ।
मगर जाति भित्रकाे एउटा थरकाे रूपमा मानिदै अाएकाे पुनहरूले छुट्टै जातिको पहिचान स्थापित गर्नको लागि आवश्यक पहल संगै पुन जातिको भाषा, धर्म, संस्कार, संस्कृति, भेषभुषा, भुगोल, इतिहास आदीको प्रमाणिकरण तथा संरक्षण सम्बर्धन गर्ने उद्देश्यले ‘ पुन जाति र भाषा’ नामक पुस्तक प्रकाशित गरिएकाे अध्यक्ष भीम पुनले बताए ।
‘पुन वा मगर जे हाैं, अाफ्नाे छुट्टै भाषा, धर्म, संस्कृति, लिपी खाेज्दा पाइन्छ भने किन अाफ्नाे पहिचान खाेजी नगर्ने ? तथ्यले प्रमाणीत हुन्छ भने किन अरू जातीमा मिसिने अाफ्नै पहिचानमा किन नवाँच्ने । तथ्य खाेजाैं, प्रमाणित नभए, बसेर फेरी छलफल गराैंला । ’ अध्यक्ष पुनले सुनाए ।
पुनहरूले अाफुहरू मगर , गुरूङ, छन्त्याल, थकाली जस्तै अाप्नै भाषा, लिपी, धर्म, संस्कार भएकाे छुट्टै जनजाति समुह भएकाे दावी गर्दै लामाे समयदेखी साेही अनुसार भाषा, लिपी, संस्कारकाे खाेजी, अध्ययन र अनुसन्धान गर्दै अाएकाे छ ।
मगर जाती अन्तर्रगत मानिएका पुनहरूले छुट्टै जाती दावी गरेपछी पुन समुदाय अन्तर्गत थर दावी गरिएका गर्वुजा, पाइजा, तिलिजा, शेरपुजा, फगामी, खाेरजा, रन्तिजा समेतका थरका ‘ मगर’ वा ‘ पुन’ भन्ने विषयमा विभाजित छन ।
‘ हाम्रो संस्कार, संस्कृति, रितिरिवाज, भेषभुषा, सांस्कृतिक कलाहरु, कुलदेवता र अन्य अलिखित इतिहास र कथाहरुलाई संरक्षण गर्दैजानेछ आशा राखेका छौं | मगर बन्धुहरुले “पुनहरू मगर होइनन” भनेर धेरै पटक ठुलाठुला सभा भेलामा भन्नु भएको छ, जुन सत्य कुरा थियो ’ पुन समाजका उपाध्यक्ष तथा अभियन्ता मध्यका एक लेप्टेन राजु पुनले सामाजिक सञ्जालमा लेखेका छन, ‘ मगर बन्धुहरु संग पुनहरुको भाषा, संस्कार संस्कृति, रिति रिवाज, सांस्कृतिक कला, रहन सहन र भेष भुषा केहि मिल्दैन रपनि हाल सम्म उहाँहरुले तिमीहरु मगर नै हौँ भनेर आफ्नो छाता भित्र राख्नु भयो, धन्यवाद | आउँदा दिनहरुमा हामी आफ्नै पहिचान सहितको पुन जात भएर चिनिन चाहान्छौं, तपाईहरु संगको मित्रता छदै छ | हामी सोझासाझा, कलझगडा गर्न नजान्ने र नमाग्नेहरुको सिलोपालो पहिचानलाई जोगाउन र जीवित राख्नलाइ “सक्नुहुन्छ सहयोग गर्नुहोस्, सक्दैनौं नबिथोली दिनुहोस्| ’
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
