- Loading...
त्याे रातो विकिनी
- पुनहिल डट कम
- २ साल अघि
- ४७२ पटक पढिएको

उनी पोखरीमा घाँटीसम्म शरिर पानीमा डुबाएर बसेकी छिन । पानीमा तैरइिरहेको उनको गोरो शरीरमा आकर्षक रातो बिकिनी टल्किएके छ। त्यसो त हामी पनि पोखरीमा नै छौं । लाज छोप्न मात्र लगाएके अन्तरवस्त्रमा आधा शरीर डुबाएर ।
“पिउँ? चियर्स” पिउन लागेको वियर गिलास तेस्र्याउँछिन् उनी । मैले क्यान ठेक्काउँछु । अनी चुस्कि लगाउँछु ।
क्यानलाई राखेर उनी पोखरीको डिलमा उक्लन्छिन । आँखाका कुनाकुनातिरचाँहि मुस्कानका मसिना भावहरू देखिन्छन्, हो कि, होइनजस्तो । अनुभवी कलाकारले बनाएको पोट्रेटमा देखिने सौन्दर्य उनको अनुहारमा देखिएको छ । अझ विशेष गरेर आँखामा ।
“थोरङ्लाको चिसो बाँकी नै छ अझै,” म उनको पानीमा डुब्न बाँकी शरीर हेर्दै बोल्छु ।
“म तातो बनाइदिऊँ ?” सिल्भिया हाँसिन् । म पनि हाँस्छु । अलि पर बसेका थाई वृद्ध जोडी पनि हाँस्छन् ।
उनी बियर तान्दै डिलमा टुक्रुक्क बसेर पिडुँला मिच्न थाल्छिन् । उनको भंगिमाले मेरो मनै बाउँडेजस्तो हुन्छ ।
इजरायलमा मस्तीसँग विद्यार्थी जीवन बिताइरहेकी सिल्भिया एक हूल इजरायली साथीसँग नेपाल घुम्न आएकी । उनीसँग मेरो परिचय बाटोको रुप्से छहरामा भएको । त्यसपछि यही तातोपानीको पोखरीमा हाम्रो भेट भयो । ताताेपानीकाे पाेखरीमा डुवुल्कि लगाइ रहेकी रातो बिकिनीका साथ ।
कात्तिक पहिले साता । जाडो र अँध्यारोबीच एकनास बगिरहेको छ, कालीगण्डकी । कालीगण्डकीकै बगलमा उभिएका छन् दुई बडेमानका पहाड । एक बडेमान पहाडको काखमा हामी छौँ, सिल्भिया र म । अर्को बडेमानको पहाडको फेदीमा बगिरहेको छ, कालीगण्डकी ।
“तिम्रो आँखामा विशेष चमक छ, मन तान्ने !” म भन्छु ।
उनी फिस्स हाँस्दै उत्तर दिन्छिन “थाहा छैन ।”
यत्तिकैमा सिल्भियाको गाइडले माथि होटलमा जाने संकेत गर्छन । उनी हत्तपत्त पोखरीबाट बाहिर निस्किन्छिन् र भिजिरहेको त्यो रातो बिकिनीमाथि एउटा लामो टिसर्ट भिरेर ‘बाई’ भन्दै होटलतिर उक्लिन्छिन् । कति निर्दयी रहिछिन् । सिल्भियाको शरीरले पनि उनी कम आकर्षक थिइनन् ।
थोराङ्लाको उकालो पार गरेको यो शरीर । यो शरीर नहुँदो हो त, मन मात्रैले के पार गर्न सक्थ्यो थोरङ्ला ? मनको इच्छा र आकांक्षाहरू पूरा गर्ने शरीरलाई । हिमालपारीबाट कालीगणडकीले बनाएकाे संसारकै गहिराे खाेंच छिचाेल्दै तल झर्दा भेटियाे बिजुलीका साना गुलुपहरू बलेको सानो बस्ती । खुला पसलैपसल । कालीगण्डकीको तीरमा रहेको एउटा सानो बजार रहेछ, तातोपानी ।
कालीगण्डकीको तीरमा अवस्थित दुई खुला कुन्ड तातोपानीका , कुण्ड । छेउमा सानो काउन्टर । १ सय रुपियाँ तिर्नुपर्ने रहेछ, तातोपानीमा डुब्नलाई । काेराेना कहरले लामाे समयदेखी पर्यटन क्षेत्र सुस्ताएपछि ताताेपानी पनि रित्ताे भएकाे रहेछ । विश्व प्रशिद्ध अन्नपुर्ण चक्रिय मार्गमा विदेशी पदयात्री घटे । ताताेपानीकाे पाेखरीमा पनि यस वर्षदेखी वल्न फाट्टफुट्ट बाह्य पर्यटक अाउन थालेका रहेछन । तीनै मध्यकी एक हुन, सिल्भिया ।
एउटा रमाइलो कुरा के रहेछ भने तातोपानीको कुन्डमा डुब्नुपूर्व तातोपानीको धारामा नुहाउनुपर्ने रहेछ । साबुन लगाएर मजाले तातोपानीको धारामा नुहाइसकेपछि मात्र तातोपानीको कुन्डमा डुब्न पाइँदो रहेछ । तातोपानीको पोखरीमा डुबेपछि नै हो, मैले रातो बिकिनीमा सिल्भियालाई देखेको ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
