- Loading...
बालगृहमा सामुहिक भाईटिका
- पुनहिल डट कम
- २ साल अघि
- ४६१ पटक पढिएको

अभिभावकको मृत्य वा अन्य कारणले अभिभावकत्व गुमाएपछि बेनी स्थित वालगृहमा आश्रित ९ जना बालबालिकाले सामुकि भाईटकिा लगाई तिहार मनाएका छन ।
वालगृहमा आश्रित बालबालिकाले एक आपसमा टिका र माला लगाई भाईटिका मनाएका हुन । बालगृहमा रहेका ६ जना दिदीवहिनीले ३ जना दाजुभाईलाई पालैसंग सप्तरंङ्गी टिका र माला लगाइ दिएका थिए । टिकापछि दाजुभाईले दिदीबहिनीलाई दक्षिणा दिए । दिदीबहिनीले सेलरोटी, ओखर समेत सगुन दिए ।
तिहारको टिकापछि सवै बालबालिकालाई म्याग्दी चिमखोलामा पुख्यौली थलो भै हङकङलाइ कर्मथलो बनाएका म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङका अध्यक्ष कर्ण पुन र मनु पुन दम्पत्तिले विशेष तिहार भोजन खुवाए ।
बालगृहमा आश्रित बालबालिकालाई सामुहिक भाईटिका लगाउने ब्यवस्थापन भने नेपाल बाल संगठन म्याग्दीका अध्यक्ष राजेश शाक्यले गरेका हुन । अघिल्लो वर्ष देखी बालगृहमा रहेका बालबालिकाको सामुहिक चाडपर्व मनाउन थालिएको हो । शाक्यले नै बालबालिकाको टिका सामाग्री, सगुन, मिस्ठान ब्यवस्थापन मिलाएका हुन ।
‘सानै उमेरदेखी वालगृहमा बस्दा उनीहरु सामाजिक संस्कार र संस्कृतिबाट विच्छेद भएका छन । हामी उनीहरुलाई सामाजिक संस्कार र संस्कृतिलाई हस्तान्त्रण गर्न यस्ता चाडपर्वमा दाता खोजेर कार्यक्रम गर्ने गरेका छौं’ नेपाल वालसंगठनका अध्यक्ष राजेश शाक्यले भने, ‘यस्ता कार्यक्रमले बालबालिकामा हामी वालगृहमा बस्ने वेसहारा, परित्यक्त भन्ने मनोविज्ञानलाई न्यूनिकरण गर्न सहयोग पुग्ने छ ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
