- Loading...
कोरोनाको सबैभन्दा संक्रामक मानिएको सब भेरियन्ट ‘एक्सबीबी’ नेपालमा पनि भेटियो
- पुनहिल डट कम
- २ साल अघि
- २७७ पटक पढिएको

नोबल कोरोना भाइरसको नयाँ सब भेरियन्ट एक्सबीबी नेपालमा पनि भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिनोमिक सिक्वेन्सिङका क्रममा एक जना नेपालीमा नयाँ सब भेरियन्ट एक्सबीबी भेटिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले नयाँ भेरियन्ट भेटिएको पुष्टि गरे । उनले गत २१ साउन देखि १४ असोजसम्म कोभिड – १९ को विभिन्न उमेर समूहका व्यक्तिहरुबाट संकलित नमूनाहरुको छनौट गरी केही नमूनाहरुको जिनोमिक सिक्वेन्सिङ गर्दा ओमिक्रोनको सबभेयिन्ट एक्सबीबी पहिचान भएको बताए ।
विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म सो भेरियन्ट विश्वका २६ देशमा पुगिसकेको छ ।
सार्स कोभ – २ भाइरसको ओमिक्रोन भेरियन्टको मूलबाट आएको उच्च दरमा म्युटेड भएको भेरियन्ट गतवर्षको सुरुवातमा उच्च दरमा फैलिएको थियो । एक्सबीबी भने विभिन्न कारणले अहिलेसम्मकै सबैभन्दा खराब भाइरस मानिएको छ ।
यो विगतका भेरियन्ट र सब भेरियन्ट भन्दा निकै धेरै संक्रामक रहेको बताइएको छ । यसले मोनोक्लोनोल थेरापीबाट प्राप्त हुने एन्टीबडीको पनि वेवास्त ागर्ने र कोभिड उपचारका लागि प्रयोग हुने औषधिहरुलाई पनि प्रभावहीन बनाउने विभिन्न रिपोर्टमा उल्लेख छ ।
सहप्रवक्ता डा अधिकराीले यो भेरियन्ट उच्च गतिमा फैलन सक्ने सम्भावना रहेको भन्दै संक्रमण रोक्न सबै जिम्मेवार हुनुपर्ने बताएका छन् । उनले जनस्वास्थ्यको सबै मापदण्ड पालन गर्न समेत आमजनतालाई आग्रह गरेका छन् ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
