- Loading...
सिन्किमरीको चटारो
- पुनहिल डट कम
- २ साल अघि
- २७३ पटक पढिएको
तिहारमा दाजुभाईलाई टिका लगाएपछि सगुनको रुपमा दिईने झिलिङ्गा बनाउन यहाँका ब्यवसायीलाई भ्याई नभ्याई छ । ‘कोसेली’ होस वा टिकापछि सगुनको रुपमा दिईने ‘प्रसाद’ झिलिङ्गा बनाउने चलन मौलाउँदो छ ।
नेवारी समुदायमा लोकप्रिय सिन्किमरी नामले चिनिने झिलिङ्गा खाजाको परिकार हो । नेवारी समुदायले परम्परादेखी नै झिलिङ्गालाई चाडपर्वमा सगुनको रुपमा प्रयोग गर्दै आएपनि आज भोली झिलिङ्गा सवै जातका मान्छेले तिहारमा मात्र होईन सवै समय प्रयोग गर्छन । झिलिङ्गालाई सेल रोटीसंगै सत्कार स्वरुप सगुनको रुपमा पाहुनालाई दिने चलन छ । दशैंमा भन्दा तिहारमा अझ झिलिङ्गाको प्रयोग बढी गरिन्छ ।
झिलिङ्गाको ब्यवसायीक उत्पादन पनी हुने गरेको छ । थोरै मेहिनत र कम लगानीमा उत्पादन हुने भएकोले झिलिङ्गा बेचेर राम्रो आम्दानी गर्न सकिन्छ । झिलिङ्गा एक दर्जनको एक ५० देखी २ सय रुपैयाँ थोक मुल्य छ । खुद्रामा प्रति झिलिङ्गाको २० रुपैयाँसम्म पर्छ ।
‘दशैंमा एक लाख ५० हजार आम्दानी भयो । तिहारमा दुई लाख पुर्याउने लक्ष्य छ । माग बढेकोले यस बर्षदेखी नारायणघाटसम्म पुर्याएको छु ।’ बेनी नगरपालिका, ८ हस्पितल चोककी झिलिङ्गा उत्पादक भुलकुमारी रोकाले भनिन, ‘हामी साना ब्यवसायीकालागी धेरै लागत पनि नलाग्ने, विहान बेलुका फुर्सद निकाले पुग्न र उदारो पनि नहुने । गज्जवको ब्यवसाय भएको छ ।’
रोकाले थपिन्, ‘म्याग्दीमा मैले झिलिङ्गा बनाउन मेसिलको प्रयोग गरेकी हुँ । ०६४/०६५ साल तिर खानेपानी कार्यालयबाट पुरानो खानेपानीको गेटवलमा प्रयोग हुने मेसिन ल्याएर आफ्नै अक्कलमा मेशिन बनाएको हो ।’
झिलिङ्गा बनाउन सजिलो छ । चामलको पिठोलाई ढिंडो बनाई मेशिनमा राखेर पेलिन्छ । यसरी मेशिनबाट पेल्दा निक्लिएका चाउचाउका जस्ता त्यान्द्रालाई सालको पातमा कलात्मक रुपमा सजाई घाममा सुकाईन्छ । श्वास्थ्यलाई हानी पुर्याउने भएपनी झिलिङ्गालाई आर्कषक बनाउन बिभिन्न रंगको प्रयोग गरिन्छ ।
‘सवै सिजनमा सवै जातिका मान्छेले झिलिङ्गाको प्रयोग गर्छन् । दशैं–तिहारमा सगुनको रुपमा प्रयोग हुने भएकोले अलि बढी विक्रि हुन्छ’ झिलिङ्गा बेच्दै आएको पिएल स्टोर संगमचोकका राजेश शाक्यले भने, ‘झिलिङ्गा अव नेवारी सिन्किमरी मात्र रहेन । सवै जातिको साझा खाजाको परिकार बन्यो ।’
झिलिङ्गा बनाउन सजिलो छ । चामलको पिठोलाई ढिंडो बनाई मेशिनमा राखेर पेलिन्छ । यसरी मेशिनबाट पेल्दा निक्लिएका चाउचाउका जस्ता त्यान्द्रालाई सालको पातमा कलात्मक रुपमा सजाई घाममा सुकाईन्छ । एक जनाले मेशिन पेल्ने, एक जनाले थाप्ने र अर्कोले सुकाउने गरि झिलिङ्गा बनाउन कम्तीमा तिन जना चाहिन्छ । नयाँ चामलको झिलिङ्गा राम्रो नहुने हुँदा सक्दो पुरानो चामलको पिठो बनाईन्छ । राम्रोसंग सुकेको झिलिङ्गालाई आवश्यक परेको बेला तेल वा घ्यूमा तारिन्छ । तेल वा घ्यूमा फुराएको झिलिङ्गालाई टुक्राटुक्रापारी भुजा, च्युरा र दालमोठ मिसाएर खाँदा मिठो हुन्छ ।