- Loading...
यस्ता छन, म्याग्दीका प्रमुख प्रतिस्पर्धी उम्मेदवार
- पुनहिल डट कम
- २ साल अघि
- ६०३ पटक पढिएको

एउटा मात्र चुनाव क्षेत्र रहेको आउँदो मंसिर ४ गते हुन गैरहेको आम निर्वाचनमा म्याग्दीमा प्रतिनिधिसभामा नेकपा एमालेबाट हरिकृष्ण श्रेष्ठ, सत्ता गठबन्धनबाट नेपाली कांग्रेसबाट खमबहादुर गर्वुजा, राष्ट्रिय प्रजातन्त्र पाटीबाट जगतप्रसाद गौचन, मंगोल नेशलन अग्रनाईजेशनबाट ओमराज मगर, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरीबहादुर खत्री क्षेत्री र स्वतन्त्र तर्फबाट खिलबहादुर बरुवाल, विनाेद भट्टचन र नविन जिसीले मनोनयन दर्ता गरेका छन ।
एक पदमा ८ जना प्रतिस्पर्धी रहेपनि निर्वाचनमा एमाले र सत्ता गठवन्धन विच नै प्रतिस्पर्धा हुने छ । प्रमुख प्रतिस्पधी मध्यका दुइ जना उम्मेदवारले आ–आफ्नो संक्षिप्त चिनारी यसरी दिएका छन।
प्रतिनिधी सभा सदस्यकालागी म्याग्दी निर्वाचन क्षेत्रबाट एमालेका उम्मेदवार हुन, हरीकृष्ण श्रेष्ठ ।
०३६ सालदेखी तत्कालिन नेकपा मालेको विद्यार्थी संगठन अनेरास्ववियु पाँचौबाट विद्यार्थी राजानितीमा प्रवेश गरेका हुन । श्रेष्ठ ०३८ सालमा प्रकाश माध्यामिक विद्यालयमा भएको स्वतन्त्र विद्यार्थी युनियनको सभापनि निर्वाचित भएका थिए । ०४० सालमा महेन्द्र बहुमुखी क्याम्पस बाग्लुङमा अनेरास्ववियुका अध्यक्ष बनेका उनी ०४६ सालमा नेकपा मालेको बेनी कमिटी सदस्य, ०५० सालमा नेकपा एमालेको १ नम्बर इलाका सदस्य, ०५१ सालमा जिल्ला सदस्य र ०६६ देखी ०७८ सालसम्म एमालेका जिल्ला अध्यक्ष बनेका थिए । हाल एमाले गण्डकी प्रदेश कमिटीमा सचिवालय सदस्य छन ।
मंसिर ४ गते हुन गैरहेको आम निर्वाचनमा प्रतिनिधी सभाकालागी एमालेबाट उम्मेदवार बनेका हरीकृष्ण श्रेष्ठ २०२२ साल भदौ २ गते बाबु अमरलाल र आमा मतीकुमारीका जेठा छोराको रुपमा बेनीबजारमा जन्मेका हुन । आइकमसम्मको अध्ययन गरेका श्रेष्ठका एक श्रीमती र तीन छोरी छन । श्रेष्ठ निजामती सेवाको खेला समुहबाट राजिनामा दिएर सकृय राजनितीमा आएका हुन ।
उनी ०५४ देखी ०५९ सालसम्म अथुङ्गे गाविसका अध्यक्ष बनेका थिए । म्याग्दी पुस्तकालय, नेपाल रेडक्रस सोसाईटी, म्याग्दी अस्पताल, बेनी खानेपानी, म्याग्दी बहुमुखी क्याम्पस, प्रकाश माध्यामिक विद्यालय समेत दर्जनबढी सामाजिक संघ संस्थामा सफल नेतृत्व गरेका थिए ।
‘म स्कुले जिवनदेखी नै वाम राजनितीमा झुकाव राखेको हुँ । ०४३–०४६ सालसम्म निजामति सेवामा कार्यरत रहँदा जिल्ला बाहिर रहनु परेकोले उत्ति सकृय हुन सकिन । अन्य समय तत्कालिन मालेहुँदै एमालेको राजनितीमा निरन्तर सकृय छु’ प्रतिनिधी सभा सदस्यकालागी एमालेका उम्मेदवार हरीकृष्ण श्रेष्ठले भने, ‘राजनैतिक, सामाजिक क्षेत्रमा गरेका कामको जनताले मुल्याङकन गर्नेछन । जनताको सेवा गर्न पेशा र ब्यवासाय छोडेर राजनिती गरेको छु ।’
त्यसैगरी प्रमुख प्रतिस्पर्धी उम्मेदवार मध्यका एक हुन, खमबहादुर गर्वुजा । गर्वुजा ०७२ फागुन १० गतेदेखी नेपाली काँग्रेस म्याग्दीको सभापति रहेका छन । ०४६ सालदेखी काँग्रेसलाई समर्थन गरेका गर्वुजाले सेवानिवृत्त भएपछि ०५६ सालदेखी नारायणसिंह पुन मार्फत सकृय राजनितीमा आएका हुन । ०५६ सालमा नारायणसिंह पुनलाई जिताउन खटिएका गर्वुजा त्यसयता काँग्रेसकाे सकृय राजनिती थालेका हुन ।
प्रतिनिधी सभा सदस्यकालागी म्याग्दी निर्वाचन क्षेत्रमा गठवन्धनबाट उम्मेदवार खमबहादुर गर्वुजा बाबु चकवीर र आमा कृष्णकुमारी गर्वुजाको कोखबाट २०२२ मंसिर ८ गते दग्नाममा जन्मेका हुन । उनले एसएलसीसम्मको अध्ययन गरेका छन । एसएलसी पछि बेलायती सेनामा भर्ती भएका गर्वुजाको श्रीमती विष्णुकुमारी गर्वुजा, एक छोरा र छोरी सवै बेलायतमै बसोबास गर्छन ।
‘म बेलायती सेनामा कार्यरत रहँदै ०४६ सालदेखी काँग्रेसको सर्मथक हुँ । विचमा नारायणसिंले सहयोग मागेकोले सहयोग गरें । ०७२ फागुन १० गतेदेखी नेपाली काँग्रेस म्याग्दीको निरन्तर सभापति छु’ गठवन्धनबाट प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार खमबहादुर गर्वुजाले भने, ‘परिवार उतै वेलायत छन । म राजनितीबाट जनताको सेवा गर्न नेपालमै छु । निरन्तर क्रियाशिल छु ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
