FLASH NEWS
  • Loading...

कात्तिक ८ गते मंगलबार खण्डग्रास सूर्यग्रहण लाग्ने

  • पुनहिल डट कम
  • २ साल अघि
  • २५३ पटक पढिएको
कात्तिक ८ गते मंगलबार खण्डग्रास सूर्यग्रहण लाग्ने

कात्तिक ८ गते मंगलबार कात्तिक कृष्ण औंसीका दिन खण्डग्रास (थोरै सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

ग्रहणले अपराह्न ४ बजेर ५२ मिनेटमा स्पर्श गर्ने छ । ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ बजेर २४ मिनेटमा सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । करिब ३२ मिनेटमात्र नेपालबाट ग्रहण देखिने उनले सुनाए । नेपालबाट नदेखिने भए पनि ग्रहणले बेलुकी साढे सात बजे छाड्ने छ ।

शास्त्रीय मान्यताअनुसार कात्तिक ८ गते बिहान ४ : ५२ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेक अरुलाई भोजन निषेध गरिएको छ । ग्रहण बार्नेले कात्तिक ९ गते बिहान सूर्योदय नभएसम्म अन्न खान निषेध गरिएको छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ ।

सूर्यग्रहण लाग्न निम्न तथ्य हुनु आवश्यक ठानिन्छ :
सूर्यग्रहण लाग्ने दिन अमावस्या (औंसी) तिथि हुनु आवश्यक छ ।
ग्रहणको समयमा चन्द्रमा र सूर्यको रेखाशं क्रमश : राहु र केतुको नजिकमा हुनु पर्दछ ।
त्यस्तै चन्द्रमाको अक्षाशं शून्य नजिक हुनु पनि आवश्यक हुन्छ ।
यद्यपि ग्रहणको गणितीय स्थिति रात्रीको समयमा पनि हुनसक्छ, तर सूर्यग्रहणको प्रत्यक्ष अनुभूति दिउँसो (सूर्याेदयदेखि सूर्यास्तसम्म) को समयमा मत्र हुन सक्दछ ।

सुर्यग्रहण तीन किसिमका हुन्छन् :
१. पूर्ण सूर्यग्रहण (खग्रास सूर्यग्रहण)
चन्द्रमाले पृथ्वीको भू–भागमा सूर्यको कुनै पनि भाग नदेखिने गरी छोपी सिर्जना भएको ग्रहणलाई पूर्ण सूर्यग्रहण भनिन्छ । यस्तो ग्रहणलाई नै खग्रास ग्रहण भन्ने गरिन्छ । यसरी ग्रहण लाग्दा सूर्यको प्रकाश पृथ्वीसम्म आइपुग्न सक्दैन, संसार अन्धकारमय हुन्छ, त्यहाँ रात परेझैँ भान हुन्छ र आकाशमा ताराहरु देखिन थाल्छन् ।

२. आंशिक सूर्यग्रहण (खण्डग्रास, सूर्यग्रहण )
पृथ्वी र सूर्यको मध्यभागमा चन्द्रमाको केही भाग मात्र परेर सूर्यको केही भाग र केही भाग नदेखिने ग्रहणलाई आंशिक सूर्यग्रहण वा खण्डग्रास सूर्यग्रहण भन्ने गरिन्छ । यस्तो ग्रहण लागेको अवस्थामा सूर्यको केही भाग ग्रहणको प्रभावमा रहने र केही भाग ग्रहणको प्रभावमा नरहने अवस्था हुन्छ । यसरी ग्रहण लागेको अवस्थामा पृथ्वीबाट सूर्यलाई हेर्दा खुँडे आकारमा सूर्य देख्न सकिन्छ ।
३. वलय सूर्यग्रहण 
वलय सूर्यग्रहणलाई दुर्लभ किसिमको सूर्यग्रहण मान्ने गरिन्छ । यस किसिमको सूर्यग्रहणमा चन्द्रमाले सुर्यलाई वरिपरिको घेरो बाँकी राखी सूर्यबिम्बको मध्य भागमात्र चन्द्रमाको छायाक्षेत्रमा आउँछ । सूर्यको बाहिरी वृत्तमात्र पृथ्वीमात्र पृथ्वीवासीले देख्ने भएकाले यो चुरा वा बालाजस्तो देखिन्छ । बालको आकारमा देखिने भएकाले नै यस किसिमको सूर्यग्रहणलाई बलय सूर्यग्रहण भनिएको हो ।
धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार सूर्य ग्रहण
मत्स्य पुराणमा सूर्य ग्रहण र चन्द्र ग्रहणको कथाको सम्बन्ध राहु र केतु नामका दुईवटा ग्रह एंव तिनले अमृत पान गरेको कथासँग गाँसिएको देखिन्छ । कथाबमोजिम राहु र केतुको स्वरुप स्वर्भानु नाम गरेका एउटाा राक्षसको टाउको र गिंडबाट सिर्जना भएको हो । समुन्द्रमन्थनपछि अमृत वितरणका समयमा देत्यगुरु शुव्रmाचार्यले गुप्तचरका रुपमा स्वर्भानुलाई देवसभामा पठाएका थिए । त्यहाँ देवता र दैत्यहरुलाई पङ्क्तिबद्ध राखेर मोहिनी रुपमा भगवान विष्णु अमृत वितरण गर्दै थिए । भगवान् शिवको परम भक्त भएकाले शिवकृपाका कारण स्वर्भानुले विष्णुको मोहिनी रुपलाई चिनेको थियो । त्यसैले ऊ देवताको रुप धारण गरी सूर्य र चन्द्रमाको बीचमा देवताको पङ्क्तिमा बसेर अमृत थाप्न र खान सफल भयो ।

राहु र केतु
अमृतपान गरेको स्वर्भानुले अमरत्व प्राप्त गर्याे । तर उसले अमृतपान गरिसकेपछि सूर्य र चन्द्रमाले ऊ देवता होइन भन्ने चाल पाए र उक्त कुराको जानकारी विष्णुलाई दिए । त्यसपछि भगवान् विष्णुले तुरुन्त सुदर्शन चक्र प्रहार गरी उसको शिर र शरीर (गिंड) लाई छुट्याइ दिए । आफूले अमृतपान गर्न लागेको अवस्थामा विष्णुलाई पोल लगाएको हुनाले राहु र केतुले एक पटक सूर्य र चन्द्रमालाई डँस्ने गर्दछन्, जुन ग्रहणका रुपमा देखा पर्ने गर्दछ । त्यसैले जुनजुन दिन सूर्य वा चन्द्र ग्रहण लाग्दछ, त्यस दिन राहु र केतुको अक्षमा सूर्य र चन्द्रमाको प्रवेश हुन्छ ।