- Loading...
घोरेपानीमा खचाखच पर्यटक
- पुनहिल डट कम
- २ साल अघि
- ३९१ पटक पढिएको

अनुकूल मौसमसँगै अन्नपूर्ण पदमार्गको उत्कृष्ट गन्तव्य पुनहिल, घोरेपानीका होटल/गेस्ट हाउस पर्यटकले खचाखच छन् । अहिले प्रतिदिन ३ सयभन्दा बढी विदेशी पर्यटक घोरेपानी भित्रिएका छन् ।
‘दसैंसँगै प्रतिदिन ३ सय ५० जनासम्म विदेशी पर्यटक घोरेपानी भित्रिएको हाम्रो अभिलेख छ । धेरैजसो पर्यटक घान्द्रुक एवं अन्नपूर्ण बेसक्याम्प (एबीसी) बाट फर्कने वा पोखराबाट घोरेपानी आएर घान्द्रुक वा एबीसीतिर जाने रहेको प्रहरी सहायक निरीक्षक सन्तोष भुसालले बताए । ‘आन्तरिक पर्यटक पनि मोटरसाइकल र साना गाडीमा धेरै नै आउने गरेका छन्,’ उनले भने ।
घोरेपानीमा सानाठूला गरी ३० होटलमा ४ सय बेड क्षमता छ । ३ हजार २ सय १० मिट र उचाइमा अवस्थित पुनहिल डाँडो धौलागिरि र अन्नपूर्ण हिमालको घेरो अनि सूर्योदय तथा सूर्यास्त हेर्नलाई परिचित छ । अन्नपूर्ण फन्को मार्न र दसैं–तिहारको छुट्टी मनाउन आएका आन्तरिक पर्यटकको भीडले तातोपानीका होटल तथा गेस्ट हाउस पनि खचाखच भएका हुन् । त्यसैले पुनहिल डाँडो यति बेला बिहान मिर्मिरेमै भरिभराउ हुने गरेको छ ।
‘मध्य असोजदेखि घोरेपानीमा बाह्य पर्यटकको संख्या धेरै बढेको देख्दा पर्यटन पुरानै लयमा फर्कन्छ कि भन्ने आशा पलाएको छ,’ पुनहिल पर्यटन विकास समितिकी अध्यक्ष मीना पुनले भनिन्, ‘पुनहिल र घोरेपानीसम्म मोटरबाटोको पहुँच पुगेपछि आन्तरिक पर्यटक पनि धेरै आउने गरेका छन् ।’ पुनहिलमा पर्यटक बढाउन र बसाइ लम्ब्याउन व्यवसायीले घोरेपानी–प्यारीवराह तालसम्मको ८ किमि लामो साइकल मार्ग, पोनी ट्रेक पनि सुरु गरेका छन् ।*इकान्तिपुरमा समाचार छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
