- Loading...
गण्डकी प्रदेशकी अरुणा र पुलिसकी कमला आमने–सामने हुँदै
- पुनहिल डट कम
- २ साल अघि
- ३६६ पटक पढिएको

नवौं राष्ट्रिय खेलकुद अन्र्तगत म्याग्दीको बेनीमा जारी महिला भलिविल प्रतियोगिताको भोली मंगलवार हुने सेमी फाईनल खेलमा गण्डकी प्रदेशकी अरुणा र पुलिसकी कमला आमने–सामने हुने भएका छन ।
सेमी फाईनलमा आमने–सामने हुन लागेका पुलिस र गण्डकी प्रदेशका टिम क्याप्टेन संयोगले म्याग्दीका परेका छन ।
सोमबार सम्पन्न क्वाटर फाईनलका प्रतियोगितामा एपिएफ, बाग्मती, पुलिस र गण्डकी प्रदेश सेमीफाईनल प्रवेश गरेका छन ।

दर्शकले खचाखच बेनी खेलमैदानमा सोमबार सम्पन्न भएका चार खेलमा लुम्बिनीलाई हराउँदै एपिएफ, दशौं खेलमा सुदुरपश्चिमलाई हराएर बाग्मती प्रदेश, एघारौं खेलमा आर्मीलाई पराजित गरी पुलिस र बाहैं खेलमा प्रदेश १ लाई हराएर गण्डकी प्रदेश सेमी फाईनल प्रवेश गरेका हुन ।
सोमबार भएका क्वाटर फाईनलका चार खेलमा एपिएफले लुम्बिनीलाई १५–२५, १८–२५ र १०–२५ को सोझो सेटमा पराजित गरेको थियो । त्यस्तै दोस्रो खेलमा बाग्मतीले २५–१२, २५–१५ र २५–२३ को सोझो सेटमा सुदुरपश्चिमलाई पराजित गर्यो ।
क्वाटरफाईनलसम्मका सम्पन्न खेलहरु मध्य पुलिस र आर्मी विचको खेल रोचक र आर्कषक बन्यो । आर्मीलाई पुलिसले १३–२५, २०–२५, २५–२३, २५–१४ र फाइनल सेट १३–१५ मा स्तब्ध बनायो ।
सोमबार सेमिफाईनलमा एपिएएफ र बाग्मती प्रदेश तथा दोस्रो खेल पुलिस र गण्डकी विच हुने छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
