- Loading...
बेनीमा सुरू नवौं राष्ट्रिय खेलकुद प्रतियाेगिताकाे महिला भलिवलमा गण्डकीको विजयी सुरुआत, म्याग्दीमा भब्य स्वागत
- पुनहिल डट कम
- २ साल अघि
- ४४३ पटक पढिएको

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला भलिवल प्रतियोगितामामा गण्डकी प्रदेशले विजयी सुरुआत गरेको छ ।
म्याग्दी सदरमुकाम बेनी स्थित बेनी खेलमैदानमा सुरु उद्घाटन खेलमा डि समुहका गण्डकी प्रदेशले सुदुरपश्चिम प्रदेशलाई सोझो तीन सेटमा परिाजित गरी सखद सुरुआत गरेको हो । गण्डकीले प्रदेशले सुदुर पश्चिम प्रदेशलाई २५–१८, २५–८ र २५–२२ को सेटमा पराजित गरेको थियो ।
विहिवारदेखी बेनीमा नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला भलिवल प्रतियोगिता भब्य कार्यक्रमका विच सुरु भएको हो । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत म्याग्दीमा आयोजित अर्को तेक्वान्दो प्रतियोगिता शुक्रवार देखी बेनी कभर्ड हलमा सुरु हुँदै छ ।
महिला भलिवलमा ७ प्रदेश र सेना, शशस्त्र र प्रहरीको गरी ३ विभागीत सहित १० टोलीको सहभागिता रहेको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीका अनुसार प्रतियोगिता लिक कम नकआउटको आधारमा खेलाईने भएको छ ।
महिला भलिवलको समुह एमा नेपाल एपिएफ क्लव, कर्णाली र त्रिभुवन आर्मि क्लव, समुह विमा बाग्मती, प्रदेश १ र मधेश प्रदेश, समुह सीमा नेपाल पुलिस क्लव र लुम्बिनी तथा समुह डि मा आयोजक गण्डकी, सुदुरपश्चिमले प्रतिस्पर्धा गर्दै छन । हरेक शीर्ष दुई टोलीले क्याटरफाईनल प्रतिस्पर्धा गर्ने छन । प्रतियोगिताको फाईन कात्तिक २ गते हुने छ ।
म्याग्दीमा भब्य स्वागत
भलिवल प्रतियोगितामा ११ टिमका खेलाडी, प्रशिक्षक र ब्यवस्थापक समेत ६ सय १७ जनामध्य विभागित क्लव आर्मि, प्रहरी र शसस्त्र बाहेक सवैलाई होटल ब्यवसायीको समन्वयमा होटलहरुमा राखिएको छ ।
प्रतियोगितामा आउने खेलाडी, प्रशिक्षक, ब्यवस्थापक तथा दर्शकहरुको स्वागतकालागी बजारवासीले घर–घरमा जलघडा, तुलब्यानर राखी भब्य स्वागत गरेका थिए ।
प्रतियोगिता सुरु हुनु अघि जिल्लाका विभिन्न जाति तथा जनजाति, धार्मिक तथा सामाजिक संघसंस्थाहरुले झाँकी, पञ्चेबाजा सहित बजार परिक्रममा गरी बेनी खेलमैदानमा पुगेर जिल्ला समन्वय समितिका संयोजक राजकुमार थापाले उद्घाटन गरेका थिए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
