- Loading...
धवलागिरि फन्काे लगाउँन हिंडे प्रवासी म्याग्देलीहरू
- पुनहिल डट कम
- २ साल अघि
- ५०३ पटक पढिएको

आठ हजार मिटर अग्ला हिमाल मध्ये आरोहणको हिसावले सबभन्दा कान्छो हो धौलागिरी हिमाल । सगरमाथा पत्ता नलाग्दासम्म धौलागिरीलाई नै संसारको सर्वाधिक अग्लो चुचुरो मानिन्थ्यो । सन् १८०८ मा भारतमा रहेको वेलायती सर्भे टिमले धौलागिरी हिमालको उचाई ८ हजार एक सय ४७ हो भनि पत्ता लगाएपछि धौलागिरीकाे संसारको अग्लो चुचुरोको भन्ने ‘ताज’ खोसियाे ।
अहिले धौलागिरी छायाँमा परेको हिमाल हो । र त्यही अाेझेलकाे धवलागिरि हिमाल पुग्ने पदमागर्काे प्रर्वद्धन गर्ने अभियानकाे नेतृत्व म्याग्दी प्रवासी नेपाली संघ (माेना)ले गरेकाे छ । यसै सन्दर्भमा हङकङलाई कर्मथलो बनाएका म्याग्देली प्रवासीहरु राउण्ड धवलागिरी पदयात्रामा निक्लेका छन । राउण्ड धवलागिरि पदयात्रामा निक्लेका प्रवासी म्याग्देलीलाइ बुधवार बेनीबाट बेनी नगरपालिकाका मेयर सुरत केसी, अाेमकुमारी शान्ति काेषका अध्यक्ष राजेश शाक्य, धवलागिरि पर्यटन विकास परिषदका अध्यक्ष अमर बानियाँ समेत जिल्लाबासीले सगुन खुवाइ शुभ यात्रा गराए ।
म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङका अध्यक्ष कर्ण पुनको नेतृत्वमा ५ जोडी (श्रीमान/श्रीमति) प्रवासीहरु राउण्ड धवलागिरी गर्न हिंडेका हुन । टोलीले म्याग्दी सदरमुकामबाट पश्चिम म्याग्दीखोला पछ्याउँदै मुदी, बगरा, दोभान, सल्लाघारी, इटली बेस क्याम्प, जापानिज क्याम्प, अमेरिकन क्याम्पबाट फ्रेन्चपास गरी हिडनभ्याली झरेर याकखर्कहुँदै मुस्ताङको मार्फा ओर्लेपछि कालीगण्डकी नदी पछ्याउँ १६ दिनमा बेनी फर्कने छन । टिममा मोना हङकङका अध्यक्ष कर्ण/मनु पुन, बरिष्ठ उपाध्यक्ष प्रमोद/सुनिता गिरी, सचिव जोवेन्द्र/मन्दीरा चोचाङगी पुन, सल्लाहकार राजु/देवमाया पुन र पूर्वअध्यक्ष इन्द्र एलजी थापा/लक्ष्मी थापा, तीन जना पत्रकार र सहयोगीसमेत ३६ जना छन ।
‘हामी प्रवासमा छौं । हामी आफ्नो जन्म थालोमा फर्केर यहाँका पर्यटकीय गन्तब्य प्रर्वद्धन गरेनौं भने कस्ले गर्छ । आन्तरिक पर्यटक विच ओझेलमा रहेको वेस क्याम्प र राउण्ड धवलागिरी पदमार्गमा संसारभरका प्रवासीलाई ल्याउने उद्देश्य छ’ मोना हङकङका अध्यक्ष तथा टिम लिडर कर्ण पुनले भने, ‘विकसित देशमा जन्मे हुर्केका हाम्रा सन्ततीलाई अवको भविश्य विकासशील जन्मभुमीसँग जोड्न प्रवासीले अव स्वदेशका पर्यटकीय गन्तब्यको खोजी गर्न आवश्यक छ ।’
उनीहरुले धवलागिरी पदमार्गमा पर्यटन पूर्वाधारमा प्रवासमा आर्जित शिप र पुँजीको लागानीको संभावना समेत अध्ययन गर्ने छन । धवलागिरी वेस क्याम्पसम्म खच्चडहरु भारी वोकेर पुग्न र पैदलयात्रा गर्न संभव छ तर पर्यटकीय पूर्वाधारमा लगानी नहुँदा धवलागिरी पदमार्ग ओझेलमा परेको सन्देश दिनु अर्को उद्देश्य रहेको मोनाले जनाएको छ ।
धौलागिरी हिमश्रृंखलामा सात हजार मिटर अग्ला अन्य १० वटा हिमशिखरहरु रहेका छन् । धौलागिरी हिमश्रृखला हिममानव (यती) पाईने क्षेत्रको रुपमा पनि परिचित छ ।धौलागिरि हिमालय रेञ्जमा धौलागिरि प्रथम., दोस्रो, तेस्रो, चौथो, पाचौं, छैठौं, सिता चुचुरो, मानापाथी, मुकुट, टुक्चेपीक, छन । धौलागिरि प्रथम संसारको सातौ र नेपालको छैठौं अग्लो हिमाल हो । तर पदमार्गमा प्रयाप्त पुर्वाधार नहँुदा धौलागिरी पदयात्रा मार्ग ओझेलमा छ । धौलागिरि हिमश्रृखलामा ६ वटा टाकुरा रहेका मध्य धौलागिरी प्रथम हिमाल सन १९६० मा प्रथम पटक निमा दोर्जे र नवाङ्ग दोर्जेको सहयोगमा स्वीस तथा अष्ट्रेलियाली टोलीका प्रमुख कुर्ट डिम्वरगर लगायत आठ जनाले गरेका थिए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
