- Loading...
निरन्तरकाे झरीले दशैं मनाउन गाउँ फर्केका राेकिए, यातायात अवरूद्धहुँदा यात्रुलाइ सास्ती
- पुनहिल डट कम
- २ साल अघि
- ३९२ पटक पढिएको

तीन दिनदेखि परेको निरन्तर वर्षाको कारण ग्रामीण तथा मुख्य सडक अवरुद्ध भएका छन् ।
सडक अवरुद्ध हुँदा दसैँ मनाउन गाउँ आएका मानिस बजार फर्किन पाएका छैनन् । निरन्तर भारी वर्षा हुँदा सडक खुलाउनसमेत समस्या भएको छ । वर्षाले जिल्लाका सवै स्थानीय तहका ग्रामीण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
लगातारको बर्षापछिको पहिरोले बेनी–जोमसोम सडकको जलेश्वर, चमेरे, बैंसरी, बेगखोला, तातोपानी, दाना, काप्रेमा पहिरोले यातायात अवरुद्ध छन । बैसरीमा भिर काटेर बनाएको करिव ५० मिटर लामो सडकमा माथी डिलबाट निरन्तर पहिरो झरेकोले पैदलयात्रु खरवारी,धानखोल र झाडीहुँदै २ घन्टासम्म हिंडेर यात्रा तय गरिरहेका छन ।
सदरमुकाम बेनीदेखी पश्चिम मालिका गाउँपालिका केन्द्र रहेको दरवाङग हुँदै धवलागिरी गाउँपालिका केन्द्र मुना जोड्ने सडक पनि दर्जनौं स्थानमा पहिरो झर्दा यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बेनी–दरवाङ–मुना सडकको फापरखेत, सीम, बाङेगभीर, वादीकाको भीर समेत दर्जनबढी स्थानमा साना ठूला पहिरा खसेका छन ।
त्यस्तै, सदरमुकाम रहेको बेनी नगरपालिकाका सवै ग्रामिण सडकहरु पनि अवरुद्ध छन । प्रहरीका अनुसार बेनी–बाग्लुङ जोड्ने सडक पनि ८ किलोमिटर दक्षिण बेनी नगरपालिका, १ रत्नेचौरमा भासिएकोले साना सवारीबाहेक आवागमन बन्द छ ।
‘सदरमुकाम बेनीदेखी जोमसोम जाने मुख्य सडकको पहिलो पहिरो हटाएर बेनी–गलेश्वरसम्म यातायात सुचारु भएको छ । नगरपालिका भित्रका अन्य सडकपनि खुलाउने प्रयास भैरहेको छ’ बेनी नगरपालिकाका मेयर सुरत केसीले भने, ‘हाईवे भएकोले स्काभेटरले बेनीबाट सडकको पहिरो पन्छ्याउँदै माथी जाँदैछ । पानी पर्न रोकियो भने, मुस्ताङ तर्फबाट, विचको तिप्ल्याङ र बेनीबाट गरी तिन तर्फबाट पहिरो पन्छ्याउने तयारी भैरहेकोले असोज २२ गतेसम्म सडक खुल्न सक्छ ।’
हिमालपारीको मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शनगरी फर्केका सयौं पैदलयात्रु मुस्ताङको लेतेदेखी म्याग्दीको बेनीसम्म ठाउँठाउँमा अलपत्र परेका छन । धेरै यात्रुले सवारी साधन छोडेर झरीमा भिज्दै पहिरोको जोखिम मोलेरै पैदल यात्रा तय गरिरहेका छन ।
“काम गर्ने ठाउँमा दसैँको भोलिपल्टै हाजिर हुन्छु भनेर आएँ, वर्षाले सडक नै बन्द बनाएको छ, हिँडेर जाने सम्भावना पनि छैन, गाउँका बाटा त सबै पहिरोले बन्द थिए, यहाँसम्म त हिँडेरै झरेँ, यहाँबाट गाडीमा जाने भनेको यता पनि बाटो बन्द रैछ”, शान्ता पुनले भने, “अब कसरी जाने ?, यो पानी नरोकिएसम्म सडक खुलाउन सकिन्न होला, धेरै ठाउँमा गएको रैछ पहिरो पनि ।”

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
