- Loading...
भगवती काेटमा सचिन केसीले हाने सफल मार, भब्य स्वागत
- पुनहिल डट कम
- २ साल अघि
- ६६८ पटक पढिएको

म्याग्दीको रघुगंगा गाउँपालिका, २ स्थित भगवती कोट मन्दीरमा तीन लाख १५ हजार बढीबढाउ गरी सरकारी मार हानेका सचिन केसीले राँगो छिनाएका छन ।
दुई वर्षे राँगोलाई खुकुरीले एकै छप्कोमा च्वाच्ट छिनाएपछि केसीलाई समाजमा पैसासहितको फुलमाला, अविरजात्रा र बाजागाजासहित भब्य सम्मान गरिएको छ । मंगलवार दिउँसो करिव ४ बजे भगवती कोट मन्दीरमा पशु वली दिने क्रममा केसीले हजारौं दर्शकका विच सरकारी राँगो मार हानेका थिए ।
रघुगंगा गाउँपालिका, २ भर्लाको डाँडामा अवस्थित राखु भगवती कोट मन्दीरमा नवदुर्गालाई वली चढाईने राँगो मार हान्न रघुगंगा गापाा, २ बखनेका सचिन केसीले तीन लाख १५ हजार बोलकवोल गरेका थिए ।
१२ जना प्रतिस्पर्धी सहभागी वोलकवोलमा केसीलाई सोही वडाका चन्द्रबहादुर केसीले तीन लाख १३ हजार ५ सय र पखटोलका झलक खत्रीले तीन लाख १३ हजार बोलकवोल गरी पछ्याएका थिए ।
‘यो यस क्षेत्रकै एतिहाँसिक कोट मन्दीरमा वली चढाईने सरकारी राँगो मार हानेका केसीले सफलता पाएका छन । यहाँको सरकारी राँगो काटेपछि मनले आँटेको पुग्छ भन्ने जनविश्वास भएकोले दुर्गाभगवतीलाई वली चढाईने राँगो मार हान्न ठूलो हानथाप नै हुन्छ’ पुजा ब्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रबहादुर मल्लले भने, ‘यो वर्ष राखु कोट मन्दीरमा वली चढाईएका कुनै पनि राँगा र खसीवोका नछिन्ने भएन । शुभ भयो । यहाँको कोटमा बाईसे/चौविसे राज्यकालदेखी यहाँको कोटमन्दीरमा बढीबढाउ गरी राँगो हान्ने (काट्ने) चलन छ ।’
कोटमन्दीरमा कालरात्रीको दिन नीमको पाठो वली चढाउनु पुर्व खुल्ला रुपमा ‘सरकारी राँगो मार हान्न’ बढीबढाउ गर्दा केसीले सवै भन्दाबढी तीन लाख १५ हजार रकम तिरेका थिए । जिल्लामा ‘धजाअक्षेता’ शिर्षकमा सरकारी खर्च आउने यो एक मात्र कोटमन्दीर हो । गुठी संस्थानले मालपोत कार्यालय मार्फत हरेक बर्षको दशैंमा ‘धजाअक्षेता’ खर्च पठाउने गरेको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
