- Loading...
‘चन्द्रमा’ जमिनमा उतारिँदैछ ?
- पुनहिल डट कम
- २ साल अघि
- ५१७ पटक पढिएको

टाढा आकाशमा चम्किरहने चन्द्रमाको चमक देखेर जोकोही प्रफुल्लित हुने गरेका छन्। अब चन्द्रमा जमिनमा उत्रारिँदैछ। यो कामका लागि लाग्ने खर्च थाहा पाउँदा सबैजना आश्चर्यचकित पर्न सक्छन्। अझै जमिनमा चन्द्रमा उतारिँदैछ भन्ने सुनेर झन् अचम्म लाग्न सक्छ।
संयुक्त अरब इमिरेट्स (यूएई)ले दुबईमा चन्द्रमाजस्तो रिसोर्ट बनाउने तयारी सुरु गरेको हो। जसको नाम ‘दुबई मुन’ राखिएको छ।
यूएई बुर्ज खलिफा र अन्य गगनचुम्बी भवनहरुका लागि परिचित छ। अब त्यहाँ दुबई मुन पनि थपिने भएको छ। दुबई मनुलाई आकाशमा चम्किने चन्द्रमाजस्तै बनाइनेछ र चन्द्रमा जमिनमा आइपुगेको अनुभूति हुनेछ। त्यसका लागि ठूलो बजेट विनियोजन गरिएको छ। अरेबियन बिजनेस रिपोर्टका अनुसार यो चन्द्रमाजस्तो रिसोर्ट बनाउन ५ अर्ब डलरभन्दा बढी खर्च लाग्ने छ।
प्रतिवेदनका अनुसार दुबईमा यो गन्तव्य रिसोर्ट बनाउने तयारी पूरा भएको छ। यो परियोजना मुन वर्ल्ड रिसोर्टले तयार पारेको हो। कम्पनीका सह–संस्थापकहरु सान्ड्रा जी म्याथ्युज र माइकल आर हेन्डरसन हुन्।
यस सम्बन्धमा दिएको आफ्नो विज्ञप्तिमा मुन वर्ल्ड रिसोर्टले दुबई मुन पर्यटन प्रवर्द्धनका साथै यूएईको अर्थतन्त्रमा प्रभाव पार्नका लागि फाइदाजनक साबित हुने दाबी गरेको छ। यसको निर्माणकार्य अबको ४८ महिनाभित्र सकिने बताइएको छ।
प्रतिवेदनका अनुसार मुन रिसोर्टले हरेक वर्ष २५ लाख पाहुना भित्र्याउने अपेक्षा गरिएको छ। यस दुबई चन्द्रमाको उचाइ ७३५ फिट अर्थात २२४ मिटर हुनेछ। यसबाहेक चन्द्रमाजस्तो देखिने यो रिसोर्टको परिधि ६२२ मिटर हुनेछ। यसमा आधुनिक सुविधासहितको नाइट क्लब र वेलनेस सेन्टर पनि हुनेछ। यसका साथै त्यहाँ आउने पाहुनाले मुन सटलमा घुम्ने मौका पाउनेछन्। रिसोर्टमा क्यासिनो र रेस्टुरेन्ट पनि हुनेछ।
यूएईको यो दुबई मुनले वार्षिक हजारौँ करोड कमाउने अनुमान गरिएको छ। रिपोर्टका अनुसार यो रिसोर्टले एक वर्षमा १.५ अर्ब युरोभन्दा बढी आम्दानी गर्ने अनुमान गरिएको छ। *विजशालाबाट

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
