FLASH NEWS
  • Loading...

सत्ता गठबन्धन म्याग्दी: संघमा माओवादी, प्रदेशका दुबै सिटमा कांग्रेस, काँग्रेसकाे खम्विर समुह असन्तुष्ट

  • पुनहिल डट कम
  • २ साल अघि
  • २२१ पटक पढिएको
सत्ता गठबन्धन म्याग्दी: संघमा माओवादी, प्रदेशका दुबै सिटमा कांग्रेस, काँग्रेसकाे खम्विर समुह असन्तुष्ट

सत्तारुढ गठबन्धनमा प्रतिनिधिसभा तथा प्रदेशसभा भागबन्डा टुंगिएको छ ।सिटबाडफाँट अनुसार म्याग्दीको संघ तर्फ नेकपा माओवादी केन्द्रकाे भागमा परेकाे छ । प्रदेश तर्फका दुवै क्षेत्र भने नेपाली काँग्रेसकाे भागमा परेकाे छ । काँग्रेसभित्र खम्विर प्यानल भने असन्तुष्ट भएकाे चर्चा छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको गठबन्धनको बैठकले नेकपा माओवादी केन्द्रलाई ४५, एकीकृत समाजवादीलाई २० र राष्ट्रिय जनमोर्चालाई २ स्थान दिने गरी बाँडफाँट गरेको हो । बाँकी ९८ स्थानमा कांग्रेस र लोपसाबीच भागबन्डा हुनेछ ।

लोसपाले प्रतिनिधिसभाका १५ स्थानमा दाबी गरेको छ । कांग्रेस स्रोतका अनुसार गठबन्धनको नवप्रवेशी दल लोसपालाई प्रतिनिधिसभा १० स्थान र प्रदेशसभामा १९ स्थान दिन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा सकारात्मक छन् ।