FLASH NEWS
  • Loading...

विश्व हुलाक दिवस मनाइयो

  • पुनहिल डट कम
  • २ साल अघि
  • ३१५ पटक पढिएको
विश्व हुलाक दिवस मनाइयो

‘सेवा हि परमोधर्म’ भन्ने मूल नारासहित जिल्ला हुलाक कार्यालय म्याग्दीको आयोजनामा आज (आइतबार) १४८औं विश्व हुलाक दिवस मनाइएको छ ।

जिल्ला हुलाक कार्यालयद्वारा सदरमुकाम बेनीबजारमा प्रभातफेरी तथा अन्तत्र्रिmया कार्यक्रम र उत्कृष्ट कर्मचारी सम्मानसहित विश्व हुलाक दिवस मनाइएको हो ।

दिवसको अवसर पारेर जिल्ला हुलाक कार्यालयमा २५ वर्षसम्म सेवारत खरिदार ईन्द्रप्रसाद शर्मा र हल्कारा पदमा ३१ वर्षसम्म सेवारत मोहन बानियाँलाई जनही तीनहजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरी सम्मान गरिएको जिल्ला हुलाक कार्यालय म्याग्दीले जनाएको छ ।

म्याग्दीमा एक जिल्ला हुलाक, १० इलाका र २९ वटा अतिरिक्त हुलाकहरु रहेका छन् । कुल दरबन्दी २ सय १२ रहेकोमा हाल १ सय ८० जना कर्मचारी कार्यरत छन् ।