FLASH NEWS
  • Loading...

तिहारमा पनि उम्मेदवारलाई घरदैलोको हतारो

  • पुनहिल डट कम
  • १ साल अघि
  • १७० पटक पढिएको
तिहारमा पनि उम्मेदवारलाई घरदैलोको हतारो

तिहारको रौनकमा पनि प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्य पदका उम्मेदवारहरुलाई चुनावी चटारो र मतदाताको घरदैलोको हतारो उस्तै छ ।
मंगलवार एमालेका प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार हरीकृष्ण श्रेष्ठ, प्रदेश सभा १ का उम्मेदवार देवेन्द्रबहादुर कटुवाल सहित एमाले कार्यकर्ताहरु बेनी नगरपालिका, ६ को घरदैलोमा ब्यस्त छन । श्रेष्ठसहित प्रदेश सभा क्षेत्र १ का उम्मेदवारहरु अन्नपूर्ण गाउापलिका–५ र ६ नम्बर वडाको शिख, चित्रे, घराम्दी, ६ नम्बर वडा घोरेपानी र खिबाङमा मतदाता भेटघाट तथा घरदैलो अभियान गरिएको एमालेले जनाएको छ ।
एमालेको प्रदेश सभा (२)मा उम्मेदवार यामबहादुर गर्वुजासहितको एक टोलीले सोमबार मालिका गाउापालिका–३, नम्बर वडा र धवलागिरि–७, सिबाङ, मच्छिम तथा मुनाको दर गाउामा पुगेर मतदाता भेटघाट तथा घरदैलो गरिरहेको छ ।


त्यसैगरी सत्ता गठवन्धनका प्रतिनिधी सभा उम्मेदवार खमबहादुर गर्वुजा, प्रदेश १ का उम्मेदवार हरी भण्डारीसहितको टोली सोमबार बेनी नगरपालिका, १ को आनन्दबगर, लामगरा तथा बेनी नगरपालिका, ४ डााडाखेत क्षेत्र र बेनी नगरपालिका, ९ नेप्टेचौर क्षेत्रको घरदैलो गरेको थियो ।
त्यस्तै गठवन्धनका प्रदेश क्षेत्र २ का उम्मेदवार रेशम जुग्जालीसहितको टोलीले सोमबार मंगला गापा, २ सिमलचौरहुाद सााझ धवलागिरी गापा, ६ मराङ पुगेको गठवन्धनको चुनाव परिचालन समितिले जनाएको छ ।
एमाले र सत्ता गठवन्धनका उम्मेदवारहरुको टोली एकले अर्कोलाई पछ्याउने गरेका छन । एमालेले घरदैलो गरेको स्थानमा लगत्तै गठवन्धनका उम्मेदवार पुग्ने र गठवन्धनको टोली पुगेको वस्तीमा पछ्याउादै एमालेका उम्मेदवार पुग्ने गरेका छन ।