FLASH NEWS
  • Loading...

एमाले म्याग्दीबाट प्रतिनिधिसभामा श्रेष्ठ, प्रदेशमा कटुवाल र गर्वुजा उम्मेदवार चयन

  • पुनहिल डट कम
  • २ साल अघि
  • ३०१७ पटक पढिएको
एमाले म्याग्दीबाट प्रतिनिधिसभामा श्रेष्ठ, प्रदेशमा कटुवाल र गर्वुजा उम्मेदवार चयन

मंसीर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको लागि नेकपा (एमाले)ले म्याग्दीको प्रतिनिधिसभामा हरिकृष्ण श्रेष्ठ , प्रदेशसभा (क) मा देवेन्द्रबहादुर कटुवाल र प्रदेशसभा (ख) मा याम गर्वुजालाई उम्मेदवार बनाउने भएको छ ।

प्रतिनिधिसभामा एमाले म्याग्दीले पूर्व जिल्ला अध्यक्ष समेत रहनुभएका श्रेष्ठको एकल नाम सिफारिस गरेको थियो । श्रेष्ठ एमाले गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य समेत हुनुहुन्छ ।

प्रदेश सभा (क) मा प्रत्यक्षतर्फको उम्मेदवारका लागि एमालेका जिल्ला अध्यक्ष देवेन्द्रबहादुर कटुवाल, उपाध्यक्ष बालकृष्ण सुवेदी, नेताहरु सन्तोष रावल, लोक भण्डारी, नारायण जिसी, हेमकुमारी पुन, शिवकुमार बरुवाल र प्रकाश पौडेललाई सिफारिस थियो । सिफारिस भएकामध्ये जिल्ला अध्यक्ष कटुवाललाई पार्टीले टिकट दिने निर्णय गरेको हो । एमाले म्याग्दीमा सवै अाकांक्षीहरूले अाफुलाइ नभए १० भाइ खलक भनिएका बालकृष्ण सुवेदीलाइ टिकट नदिन प्रदेश र केन्द्रिय नेतृत्वलाइ दवाव दिएका थिए ।

त्यसैगरि प्रदेशसभा क्षेत्र (ख) को प्रत्यक्षतर्फ एमाले गण्डकी प्रदेश अध्यक्ष तथा तत्कालीन संविधानसभा सदस्य नवराज शर्मा, प्रदेश कमिटी सदस्य रामचन्द्र गौतम, नेता यामबहादुर गर्बुजा, धनबहादुर गुरुङ, पदमलाल सापकोटा र यसोदा रोकालाई सिफारिस गरिएको थियो । सिफारिस भएकामध्ये यामबहादुर गर्वुजालाई पार्टीले टिकट दिने निर्णय गरेको छ । प्रदेश कमिटीले ६ जनाकाे नाम शिफारिस गरेपनि अान्तरिक रूपमा गर्वुजामा सर्वसम्मत बनेकाे थियाे ।

यी हुन् गण्डकीमा एमाले उम्मेदवारहरु:
कास्की-१
प्रतिनिधि सभामा मनबहादुर गुरुङ र प्रदेश सभामा खगराज अधिकारी र श्यामराज गुरुङ
कास्की-२
प्रतिनिधि सभामा बिद्या भट्टराई र प्रदेश सभामा मीन कार्की र मिना गुरुङ
कास्की-३ प्रतिनिधि सभामा दामोदर बैरागी र प्रदेश सभामा गणेशमान गुरुङ र राजिब पहारी
मनाङकाे प्रतिनिधि सभामा पोल्देन छोपाङ गुरुङ
प्रदेश सभा टुंगो लाग्न बाँकी
लमजुङकाे प्रतिनिधि सभामा पुर्वमुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ र प्रदेश सभामा कृष्ण अधिकारी र जमिन्द्रमान घले
मुस्ताङकाे प्रतिनिधि सभामा प्रेम तुलाचन र प्रदेश सभामा इन्द्रधारा बिष्ट
बागलुङ-१ काे प्रतिनिधि सभामा सुर्य पाठक र प्रदेश सभामा हिरा केसी
बागलुङ-२ काे प्रतिनिधि सभामा मन्जु चालिसे र प्रदेश सभामा लक्ष्मण पुन
नवलपुर-१ काे प्रतिनिधि सभामा कृष्ण पौडेल र प्रदेश सभामा रविन्द्र अधिकारी र रोसन गाहा मगर
नवलपुर-२ काे प्रतिनिधि सभामा तिलक महत र प्रदेश सभामा पद्मा बिसि र लक्ष्मण पाँण्डे
तनहुँ-१ काे प्रतिनिधि सभामा एक बहादुर राना र प्रदेशको सभामा राम बहादुर गुरुङ र पूर्ण बहादुर गुरुङ
तनहुँ-२ काे प्रतिनिधि सभामा किरण गुरुङ रप्रदेश सभामा केदार सिग्देल र श्यामराजा महत
गोर्खा-१ काे प्रतिनिधि सभामा राम शरण बस्नेत र प्रदेश सभामा सुरेन्द्र थापा
गोरखा-२ काे प्रतिनिधी सभामा अबुदुस मिया र प्रदेश सभामा राजु राना र बसन्त गुरुङ
स्याङजा-१काे प्रतिनिधि सभामा नारायण मरासिनी र प्रदेश सभामा मिन प्रसाद गुरुङ र सुधिर पौडेल
स्याङजा-२ काे प्रतिनिधि सभामा पद्मा अर्याल
पर्वतकाे प्रतिनिधि सभामा पदम गिरी र प्रदेश सभामा भक्त कुवँर उम्मेदवार बनाइएकाे छ ।