- Loading...
म्यादी प्रहरीको परीक्षामा म्याग्दीमा एक सय २१ प्रतिस्पर्धी अनुपस्थित
- पुनहिल डट कम
- २ साल अघि
- ३९९ पटक पढिएको

अागामी मंसिर ४ गते हुने अाम निर्वाचनकालागी म्याग्दी जिल्लामा खटिने म्यादी प्रहरी छनौट प्रक्रिया सुरु भएको छ ।
म्यादी प्रहरीका लागि आवेदन दिएकाहरूको शारीरिक तन्दुरुस्ती परीक्षापछी अाज ६ सय १२ जनाले लिखित परिक्षा दिए । शारीरिक परीक्षामा ९ सय ३३ जना उत्तीर्ण भएका थिए । एक सय २१ जना अनुपस्थित भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आम निर्वाचनमा सुरक्षाका लागि म्याग्दीमा ७ सय ३३ जना म्यादी प्रहरी माग भएकोमा ९ सय ८७ जनाले आवेदन दिएका थिए ।
शारीरिक तन्दुरुस्ती परीक्षणका लागि उचाइ, तौल साथै दौड, सेटप र बुसप लगायतका स्वास्थ्य प्रारम्भिक स्वास्थ्य परीक्षण उतिर्ण भएकाहरूले जिल्ला प्रहरी कार्यालय अगाडी खुल्ला मञ्चकाे चाैरमा बसेर लिखित परिक्षा दिएका हुन । लिखितमा सफल हुने उम्मेदवारलाई मौखिक अन्तर्वार्ता हुने जिल्ला प्रहरी कार्यालयले जनाको छ ।
छनौट भएका उम्मेदवारहरूलाई १० दिने प्रशिक्षण हुने छ । म्यादी प्रहरीको कार्यविधि ४० दिनको हुने छ । म्यादी प्रहरीको जम्मा तलब ३० हजार २४० रुपैयाँ, खाद्यान्नबापतको एकमुष्ट सात हजार २०० र अन्य पोसाक तथा सामान खरिद गर्नेगरी प्रतिव्यक्ति ६ हजार रुपैयाँ उपलब्ध हुनेछ । यस पटक थप जाडाेकाे जाडाेकाे पाेसाक पनि हुने छ ।
निर्वाचनका क्रममा म्यादी प्रहरीलाई खटिएको ठाउँमा आउन जान तयारी स्वरूप प्रति म्यादी प्रहरी (एक पटकका लागि) एक हजार रुपैयाँ उपलब्ध हुने छ । बिमालगायतका अन्य सुविधा नेपाल सरकारले तोकेअनुसार हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
