- Loading...
म्याग्दीकाे ताताेपानीमा कालीगण्डकी करिडाेरकै ठूलाे र भब्य हाेटल संञ्चालन
- पुनहिल डट कम
- २ साल अघि
- ७२१ पटक पढिएको

म्याग्दीकाे अन्नपूर्ण गाउँपालिका, २ भुरूङ ताताेपानीमा कालीगण्डकी करिडाेर अन्तर्गत पाेखरा–बेनी–जाेमसाेम क्षेत्रका पर्वत, बाग्लुङ, म्याग्दी क्षेत्रकै सवैभन्दा ठूलो लगानी र क्षमताको होटल आएको छ ।
हिमालपारीको मुस्ताङ भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित ब्यवसायी राजु हमालले ३५ करोर लगानीमा सुविधायुक्त ‘होटल नेचुरल स्प्रीङ’ संञ्चालनमा ल्याएका हुन । एक साथ ३ सयबढी पाहुना अट्ने ७ तल्ले हाेटलमा २५ डिलक्स, ८ स्वीट रुम समेत ५७ गेष्ट रुम छन । हाेटल दशैंको घटस्थापदासँगै औपचारिक संञ्चालनमा आएको हो । एक सय ५० जना अट्ने सुविधायुक्त सभा हल छ ।
‘मुस्ताङ भ्रमणमा आउने पर्यटक नै हाम्रा मुख्य ग्राहक हुन । मुस्ताङ जाने र फर्कने नेपाली, भारतीय र तेस्ाे मुलुकका पर्यटकलाइ लक्षित गरिएकाे हाे ’ होटल संञ्चालक राजु हमालले भने, ‘होटलमा अहिले ३५ करोड हाराहारी लगानी भएको छ । कोरोना कहरले निर्माण समयावधी लम्बिने र निर्माण सामाग्रीको मुल्य अधिक बृद्धीले होटल निर्माण लागत पनि धेरै बढेको हो ।’
काेराेनाकाल यता विश्वभर पर्यटन क्षेत्र सुस्ताएका बेला यहाँका ब्यवसायीले भने धमाधम हाेटलमा लगानी बढाएका छन । गत वर्ष दशैं देखी नै म्याग्दीमै अर्काे ठूलाे हाेटल संञ्चालनमा अाएका थियाे । ब्यवसायी प्रमाेद श्रेष्ठले बेनी नगरपालिका, ४ स्थित सिंङ्गा तातोपानीमा १८ करोड लगानीमा ‘श्रेष्ठ होटल हटस्प्रीङ’ होटल संञ्चालनमा ल्याएका थिए ।
श्रेष्ठ होटल हटस्प्रीङमा ६ वटा स्वीट समेत ३८ वटा गेष्टरुम रहेको होटलमा १ सय ५० जना अट्ने सभाहल रहेको छ ।
‘हामी धमाधम होटल पूर्वाधारमा लगानी त गर्याै तर विश्वको अर्थतन्त्र झन झन संकटउन्मुख छ । आर्थिक मन्दीबाट विश्व छिटटै तङ्ग्रिएर पर्यटन क्षेत्र पुन: लयमा फर्कने कुरामा विश्वास छ’ होटल श्रेष्ठ हटस्प्रीङका संञ्चालक प्रमोद श्रेष्ठले भने, ‘ हिजो पर्यटकले खोजे जस्तो सुविधायुक्त होटलपूर्वाधार थिएनन । अहिले ब्यवसायीले खोजे जस्ता पर्यटक नै आएका छैनन ।’
त्यसैगरी दामोदरकुण्ड, मुक्तिनाथ र गलेश्वरधाममा आउने स्वदेशी तथा भारतिय धार्मिक पर्यटकलाई लक्षित गरी बेनी नगरपालिका, ९ मा पर्ने गलेश्वरमा करिव ५ करोड लगानीमा होटल मदरल्याण्ड इन धमाधम निर्माण भैरहेको छ । स्थानीय होटल ब्यवसायी टंकलाल श्रेष्ठले भारतिय धार्मिक पर्यटकलाई लक्षितगरी ठूलो र सुविधायुक्त होटल निर्माण थालेको हुन । अगामी तिहारसम्ममा होटल संञ्चालनमा ल्याउने गरी काम भैरहेको संञ्चालक श्रेष्ठले बताए ।
‘मेरो सानो होटल ब्यवसायको अनुभव र सम्बन्धको जगमा ठूलो र सुविधायुक्त होटल निर्माण गरेको हो । गलेश्वर र मुक्तिनाथ जाने धेरै भारतीय पर्यटकले गलेश्वरमा राम्रो होटल नपाएको गुनासो गरेपछि कोरोना कहरमा पनि होटल थप्ने आँट गरेको छु’ ब्यवसायी टंकलाल श्रेष्ठले भने, ‘कोरोनाले घरमै थुनिएका, मानसिक तनावमा रहेकाहरु खोप लगाएपछि अव भ्रमणमा निक्लन्छन ।’
गलेश्वर र तातोपानीमा मात्र होईन, अन्नपूर्ण चक्रिय पदमार्गको उत्कृष्ट गन्तब्य, पुनहिल/घोरेपानीमा पनि नयाँ र सुविधायुक्त ठूला होटल धमाधम निर्माण भएको छ । कोरोना कालमा पर्यटक नभएको बेला पुनहिलका ब्यवसायीले पुराना काठका घर भत्काएर नयाँ मोडेलका सुविधायुक्त आरसिसि होटल बनाएका हुन । पुनहिलमा पछिल्लो तीन वर्षमा ५–१५ करोड लगानीका दर्जन होटल थपिएका छन ।
‘पुरानो होटल काठको थियो । कोरोनाकालमा फुर्सद भएपछि भत्काएर आरसिसि बनाएको छु । होटलको क्षमता र गुणस्तर पनि धेरै बढाएको छु’ घोरेपानीका होटल ब्यवसायी शुशिल पुनले भने, ‘१० करोडबढी लगानी भएको छ । बाह्य पर्यटक संख्या घटेपनि आन्तरिक पर्यटक बढेका थिए । तर आन्तरिक पर्यटनमा पनि आर्थिक मन्दीले प्रभावित होला जस्तो छ ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
