- Loading...
दशैं लाग्यो, म्याग्दीमा कहिले अाउँछ, नयाँ नोट ?
- पुनहिल डट कम
- २ साल अघि
- ५६० पटक पढिएको

नेपाल राष्ट्र वैंकले दशैंकालागी असोज २ गते देखी नै नयाँ नोट वितरण थालेपनि म्याग्दीमा भने अझै नयाँ नोट आईपुगेको छैन ।
गाउँ–गाउँबाट दशैंको किनमेल गर्ने र नयाँ नोट साट्न आएका सेवाग्राहीलाई बैंकहरुले पुराना र झुत्रा नोट दिएर फकाउने गरेका छन । जिल्लामा नोट कोष सुविधा लिएको नेपाल बैंक लिमिटेडले राष्ट्र बैंकले नै नयाँ नोट नपठाएकोले अन्य वैंक तथा सर्वसाधारणलाई नयाँ नोट दिन नसकेको बताएको छ ।
‘राष्ट्र बैंक पोखराबाट वुधवार मात्र नयाँ नोट पठाउने भनेको छ । त्यो पनि कति आउने हो टुङ्गो छैन’ नेपाल वैंक बेनी शाखा प्रवन्धक मोहन लामिछानेले भने, ‘दशैं विदा हुन दुई दिन अघि मात्र नयाँ नोट आउँदा वितरणमा हैरानी हुन्छ । अन्य बैंकहरुलाई पनि पुर्याउनु पर्यो, नेपाल बैंकले मात्र नयाँ नोट दिने भएकोले सर्वसाधारणको लाईन ब्यवस्थापन गर्नै समस्या हुन्छ ।’
राष्ट्र वैंकको नोट कोषको सुविधा लिएको नेपाल वैंक समेत अन्य वैंकहरुले खुद्रा पैसा नदिँदा सर्वसाधारण ठूला ब्यापारीको दैलोमा पुग्न थालेका छन । बैंकले नयाँ नोट नदिएपछि ब्यापारीले पनि खुद्रा पैसा लुकाउन थालेका छन । ग्रामिण भेगबाट दशैं किनमेल र खुद्रा पैसा साट्न आएका सर्वसाधारणले नयाँ नोट मात्र होईन खुद्रा पैसा नै नपाएको गुनासो गरेका छन । सहरमा झरेका अभिभावक तथा विद्यार्थीहरु स्कुल, कलेज बन्द भएसँगै गाउँ फर्कने भएकोले घर तथा आफन्तलाई नयाँ नोट लैजान घटस्थापना अघि खुद्रा पैसा साट्नेको चटारो हुन्छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
