- Loading...
बेनी बोर्डिङ कप फुटवल प्रतियोगिताको उपाधी बेनी सामुदायिकलाई
- पुनहिल डट कम
- २ साल अघि
- ५५२ पटक पढिएको

सदरमुकाम बेनीमा साेमबार सम्पन्न एघारौँ बेनी वोर्डिङ कप फुटवल प्रतियोगिताको उपाधी बेनी सामुदायिकले हात पारेको छ ।
बेनी वोर्डिङ सेकेन्डरी स्कुलमा रहेको युवा रेडक्रस सर्कलद्वारा आयोजिते प्रतियोगिताको फाइनलमा साविक बिजेता बुद्ध एकेडेमिलाई शुन्यका विरुद्ध दुई गोल गर्दै बेनी सामुदायिकले उपाधी चुमेको हो । पहिलो हाफको खेलमा गोलरहित बराबरी खेलेको बुद्ध दोस्रो हाफको अन्त्यतिर सम्हालिन नसक्दा बेनी सामुदायिकले लगातार दुई गोल गर्न सफल भएको थियो ।
प्रतियोगितामा विजेता बेनी सामुदायिकका खेलाडीहरुलाई नगर रु २० हजार ट्रफि मेडल, प्रमाणपत्र र उपविजेता बुद्ध एकेडेमिका खेलाडीहरुलाई नगद रु १० हजार ट्रफि मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ । आधारभुत तहको कक्षा ८ सम्मका विद्यार्थीहरु सहभागी हुने प्रतियोगितामा जिल्लाका विभिन्न १३ वटा विद्यालयले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा बेनी सामुदायिका सुगम पाईजा उत्कृष्ट खेलाडी, सामुदायिककै संस्कार किसान उत्कृष्ट गोलरक्षक, न्यू वेष्ट पोइन्टका रोजन पुन सर्वाधिक गोलकर्ता घोषित हुँदा उत्कृष्ट मिडफिल्डरमा बुद्धका राज शेरपुञ्जा, उत्कृष्ट डिफेन्डरमा बुद्धकै अरुण शेरपुञ्जा, उत्कृष्ट स्ट्राइकरमा बुद्धकै प्रविन थापा, राइजिङ प्लेयरमा लिटल गार्डेनका उज्वल केसी, अनुशासित टिममा मंगला मावि र उत्कृष्ट प्रशिक्षकमा सामुदायिकका प्रविण श्रेष्ठ पुरस्कृत भए । *यस अघी असावधानीवस अर्काे फाेटाे प्रकाशित भएकाेमा क्षमा प्राथी छाैं- सम्पादक

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
