- Loading...
काँग्रेस नेता घिमिरेकाे प्रचण्ड–माधवलाई चेतावनी : हाम्रो आन्तरिक आयाम नमिली तपाईंहरू कसरी जित्नुहुन्छ?
- पुनहिल डट कम
- २ साल अघि
- २१६ पटक पढिएको

नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेले कांग्रेसको आन्तरिक आयाम नमिलेसम्म गठबन्धनका अरु दलले चुनाव जित्न गाह्रो हुने बताएका छन्।
पार्टी संस्थापन इतर पक्षको भेलामा बोल्दै घिमिरेले यस्तो चेतावनी दिएका हुन्। ‘हाम्रो सभापतिलाई मात्र होइन प्रचण्डजी र माधव नेपालजीहरुलाई पनि भन्न चाहन्छु बालुवाटारमा बसेर हिसाब मिलाउँदैमा,सन्देश पठाउँदैमा,घण्टौँ बैठक गर्दैमा मागेजति सिट पनि पाइँदैन र पाएजति सिट जितिँदैन।’ उनले भने, ‘कांग्रेसभित्रको आन्तरिक आयाम नमिलेसम्म टाउको जोडेर जित्ने सोचेको भए होस पुर्याउनुस् । कांग्रेसको भोटबाट जित्ने सपना देख्नुभएको छ भने त्यो सम्भव छैन।’
घिमिरेले राजाविरुद्ध छाती खोलेर गणतन्त्रको शंखघोष गर्ने आफूहरु रहेको भन्दै प्रचण्डले जस्तो जंगलबाट चौकी नहानेको बताए। उनले आफूहरूले एक आव्हान गर्दा हजारौं विद्रोहमा उत्रिने भन्दै पार्टी सभापतिको मनपरी नचल्ने चेतावनी दिए ।
उनले थपे, प्रचण्डजीलाई भन्न चाहन्छु हामीले केही आह्वान गरौं त के हुन्छ हालत, तपाइँहरुको मनपरी चल्छ ?’
उनले सिटको समान बाँडफाँड नगर्ने भए आफू पक्षका नेतालाई मात्रै सिट दिन र जितेर देखाउन चुनौति दिए। होइन भने पार्टी भित्र ६०/४० को अंकगणित स्थापित गर्ने प्रणेता, प्रयोगकर्ता तपाइँ हो, तपाइँकै पदचाप पछ्याइरहेका छौं, घिमिरेले थपे, होइन भने टिकट वितरण समान होस्। समानुपातिकमा पनि चिन्दै नचिनेका मान्छे राखिएको भन्दै उनले आक्रोश पोखे।
‘तपाईँहरुले कहाँबाट ल्याउनुहुन्छ मान्छे? प्रदेश १ बाट कसलाई सोधेर राख्नुभयो ?हामीलाई थाहा हुनुपर्दैन?’ उनले भने, ‘प्रदेश १ बाट समानुपातिक सूचीमा राखेका ८० प्रतिशत मान्छे मैले चिन्दिनँ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
