- Loading...
टनेल परिक्षण गर्दै मिस्त्रीखोला
- पुनहिल डट कम
- ३ साल अघि
- २४७ पटक पढिएको
निजी क्षेत्रबाट निर्माणाधिन अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङ स्थित ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविधुत आयोजना निर्माण पुरा भै टनेल तथा पेनस्टक पाईप परिक्षण (वेट टेष्ट) गरिरहेको छ ।
आयोजनाले ड्याम, इन्टेक, सर्च ट्याङ्क, ग्राभेल ट्राप, डिसेन्टर तथा ड्राई टेष्ट पुरागरी अहिले टनेल तथा पेनस्टक पाईपको परिक्षण गरिरहेको र टवाईन परिक्षण गर्न विधुत प्राधिकरणसँग समवन्यय भैरहेको जनाएको छ ।
आयोजनाको ब्यवसायीक उत्पादन दिन तोक्न पूर्व विधुत प्राधिकरणले अन्नपूर्ण गाउँपालिका, ३ दानादेखी पर्वतको कुस्मा खुर्कोट सवस्टेसन जोड्ने २२० केभिए प्रसारण लाईन चार्ज हुने मिती पर्खेर बसेको मिस्त्रीखोला जलविधुत आयोजनाले जनाएको छ ।
आयोजनाको अहिले वेट टेष्टपछि जडित ३ वटा टवाईनको १५–१५ दिनको दरले प्राधकरणको निगरानीमा परिक्षणपछि मात्र विधुतको ब्यवसायीक उत्पादन हुने छ ।
‘मिस्त्रीखोलाबाट उत्पादित विधुत जोड्ने बाटो नभएकोले प्राधिकरणले निर्माण गरिरहेको २२० केभिए कालीगण्डकी प्रशासरण लाईन जति छिटो चार्ज हुन्छ,हाम्रो ब्यवसायीक उत्पादन दिन पनि उत्तिनै छिटो हुन्छ ।’ मिस्त्रीखोला जलविधुत आयोजनाका प्रमुख निर्देशक सुव्रत धितालले भने, ‘हाम्रो र एनईएको प्रशारण लाईनको परिक्षणमा कुनै समस्या नआएमा दुई देखी तीन महिना भित्र मिस्त्रीखोलाबाट ब्यवसायीक विधुत उत्पादन हुन्छ ।’
५ अर्व ६४ करोड लागत अनुमान गरिएको मिस्त्रीखोला जलविधुतमा विधुत विकास कम्पनीको १ अर्व, नेपाल इन्भेष्टमेन्ट वैकको ८० करोड, नेपाल बैंकको ५० करोड, नविल वैंकको १ अर्व, लक्ष्मी वैंको ४० करोड, सिद्धार्थ वैंकको ३० करोड र एस डेभलपमेन्ट वैंकको ३० करोड लगानी छ ।
निलगिरी हिमालबाट झर्ने रेले, निलगिरी र घलेम्दी खोलाको संगमस्थल नजिकै बाँध बनाई ३५ सय मिटर लामो सुरुङ्गबाट १९ क्यूविक पानी ल्याएर दुई सय ४० मिटर तल नारच्याङ्ग बेंशी गाउँमा विधुत गृह निर्माण गरी प्रतिघन्टा २ सय २५ गिगावाट विधुत शक्ति उत्पादन हुने छ ।
परिक्षण चरणमा रहेको विधुत प्राधिकरणद्धारा निर्माणाधिन दाना–खुर्कोट २२० केभिए कालीगण्डकी करिडोर प्रशारण लाईन र सवस्टेशन निर्माण पुरा भए उत्पादन खेर गैरहेको १४ मेगावाटको थापाखोला र ६ मेगावाटको घलेम्दी जलविधुतले पनि प्रशारण लाईनमा जोडिने अवसर पाउने छन । मिस्ट्रीखोला जलविधुत निर्माता कम्पानी रोवष्ट इनर्जी प्रा.लि.ले छुट्टै ३८ मेगावाको निलगिरी खोला प्रथम र ६२ मेगावाटको निलगिरी खोला दोस्रो निर्माण गर्न प्रवेश मार्ग निर्माण गरिरहेको छ ।