- Loading...
असाेजका १५ दिनमा म्याग्दीका ११ जनामा डेंगु संक्रमण
- पुनहिल डट कम
- २ साल अघि
- ४७० पटक पढिएको

बेनी अस्पतालमा पछिल्लो १५ दिनमा ११ जनामा डेंगु संक्रमण भएको छ ।
बेनी अस्पतालमा सन् २०२२ सम्म फेला परेका १३ जना डेंगु संक्रमितमध्य सेप्टेम्बर १–१५ तारेखमा मात्रै ११ जनामा डेंगु संक्रमण फेला पारेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । संक्रमितमध्य ८ जना सदरमुकम बेनीका हुन ।
डेंगु संक्रमणको जोखिम बढेपछि स्वास्थ्य कार्यालयले डेंगु संक्रमण गराउने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान थालेको छ । लामखुटटेको लाभा हुर्कन उपयुक्त वातावरण मिल्ने भएकोले असार–असोज डेंगुको सिजन हो ।
‘सेप्टेम्बरको पहिलो १५ दिनमै डेंगुका विरामी ह्वात्तै बढेपछि संक्रमण रोक्न स्थानीय तहसँगको सहकार्यमा विद्यार्थीहरु समेत परिचालन गरी ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान थालेका छौं’ स्वास्थय कार्यालय प्रमुख एकनारायण लम्सालले भने, ‘सदरमुकाम बेनीबाहेक तातोपानी, पोखरेबगर, तिप्ल्याङ, सिंङ्गातातोपानी, बाबियाचौर, दरवाङसमेतका पालिका मुकाम र बजार क्षेत्रमा पनि लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान भैरहेको छ ।’
‘भदौ र असोज स्क्रव टाईफस संक्रमणको पीक आवर हो । गत वर्ष भदौमा एक सयबढीमा डेंगु र ६० जना बढीमा स्क्रव टाईफस देखिएको थियो’ शर्माले भने, ‘यो डेंगुको सिजन हो । डेंगु र कोरना भाईरस (कोभिड–१९) रोगको लक्षण मिल्दो हुँदा आत्तिनु हुँदैन । माक्स लगाउने, एकान्तवास वस्ने ब्यवहारलाई पनि छोड्नु हुँदैन ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
