- Loading...
नेपाल टेलिकमको इ-सिम आजबाट निःशुल्क वितरण
- पुनहिल डट कम
- २ साल अघि
- ३५३ पटक पढिएको

पाल टेलिकमले आजबाट निःशुल्क ई-सिम वितरण सुरु गरेको छ। ई-सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकहरुले नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने छन्।
हाल फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरुका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क ई-सिममा परिवर्तन गर्न सकिने छ। त्यसैगरी नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमा ई-सिम उपलब्ध गराइने छ।
नयाँ प्रिपेड सिमकार्ड लिन चाहने ग्राहकलाई भने निकट भविष्यमा सिम उपलब्ध गराइने छ। ई-सिम सपोर्ट गर्ने मोबाइल सेट भएका नेपाल टेलिकमका पहिले देखिका ग्राहकले यो सिम लिनका लागि आवश्यक फारम भरेर बुझाउनु पर्नेछ।
ई-सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो। ई-सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन। यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ।
ई-सिम प्रयोगमा आएपश्चात सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन। मोबाइल सेटबाहेक ई–सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइसहरुमा समेत प्रयोग गर्न सकिन्छ।
हालका सबै प्रयोगकर्ताले समेत ई–सिम प्रयोग गर्न सक्ने छन् भने नयाँ प्रयोगकर्ताले पनि सहज तरिकाले ई–सिम लिन सक्ने छन्।
के हो इ-सिम ? अहिलेको भन्दा के फरक
अहिले हामीले प्रयोग गरिरहेको सिमकार्ड भौतिक हो। इ-सिमलाई इम्बेडेड सिम भनिन्छ। इ-सिम भर्चुअल हुन्छ त्यसको भौतिक रुप हुँदैन।
डिजिटल सिम पनि भन्ने गरिएको यो प्रविधिको प्रयोग गरी भौतिक सिमकार्ड बिना नै दूरसञ्चार कम्पनीका ग्राहकहरुले फोन कल, डेटा, मेसेजको सुविधा उपभोग गर्न सक्छन्। जसका लागि इ-सिम सुविधा भएको फोन भने उपभोक्ताले बोक्नुपर्ने हुन्छ।
इ-सिम बिक्री सुरु भएपछि भौतिक सिमकार्ड जस्तो छाप्ने वा चिप बनाउनु नपर्दा टेलिकम कम्पनीहरुलाई खर्च कटौती हुन्छ ।
सिमकार्ड किन्दा एकपटक मात्रै खर्च लाग्ने (वान टाइम चार्ज) निरन्तर यात्रा गर्नेहरुका लागि इ-सिम किफायती हुने जिकिर गरे।
एउटै सेटमा २० वटासम्म नम्बर !
अहिले चलनचल्तीमा रहेका फोनहरुमा धेरैमा तीनवटासम्म सिमकार्डको स्लट छन्। सामसङ, साओमीलगायतका एन्ड्रोइड स्मार्टफोनहरुमा दुईवटा सिमकार्डको स्लट छन्। एप्पलले उत्पादन गर्ने आइफोनदेखि आइप्याडसम्म भने एउटा मात्रै सिमकार्ड स्लट उपलब्ध छ।
इ-सिमको सबैभन्दा धेरै फाइदा आइफोन प्रयोगकर्ताहरुलाई हुने देखिएको छ। किनकि आइफोन प्रयोगकर्ताहरुले इ-सिम हुँदा एकभन्दा धेरै नेटवर्क उपयोग गर्न सक्छन्। अहिले आइफोन प्रयोगकर्ताहरुले एकभन्दा बढी नेटवर्क प्रयोग गर्न परे अर्को छुट्टै फोन प्रयोग गर्नुपर्ने बाध्यता छ। इ-सिम नेपालमा लञ्च भएसँगै आइफोन प्रयोगकर्ताहरु पनि लाभान्वित हुने अपेक्षा गरिएको छ।
त्यसैगरी, इ-सिम प्रयोग गर्दा भौतिक सिमकार्ड जस्तो हराउने, क्षति पुग्ने (ड्यामेज हुँदैन) वा अन्य कुनै समस्या नआउने टेलिकमले जनाएको छ। इ-सिम प्रयोग गर्न भने सबैभन्दा महत्वपूर्ण भनेको त्यसलाई सपोर्ट गर्ने मोबाइल फोन हुनु अपरिहार्य हुन्छ। इ-सिमको फिचर भएका स्मार्टफोनमा मात्रै भर्चुअल सिम प्रयोग गर्न मिल्ने टेलिकम कम्पनीहरुले स्पष्ट पारेका छन्।
इ-सिममा धेरै सिम प्रोफाइल हुने भएपनि एकपटकमा एउटा मात्रै नेटवर्क चलाउन मिल्ने बताइएको छ। एकपटकमा एउटा मात्रै नेटवर्कबाट सेवा लिन सकिन्छ।
कुन सेटले सपोर्ट गर्छन् इ-सिम?
सामसङ, एप्पल, गुगल, हुवावे, मोटोरोला, ओप्पो, सोनी, अनरलगायतका कम्पनीहरुले उत्पादन गरेका फोनहरुमा इ-सिमको फिचर उपलब्ध छ।
सामसङको ग्यालेक्सी फोल्ड, जी फोल्ड, जी फ्लिप, ग्यालेक्सी एस २०, ग्यालेक्सी एस २१, ग्यालेक्सी एस २१ + फाइभजी, ग्यालेक्सी एस २२, ग्यालेक्सी एस २२+, ग्यालेक्सी एस २२ अल्ट्रा, ग्यालेक्सी नोट २० अल्ट्रा फाइभजी, ग्यालेक्सी नोट २० सहितका स्मार्टफोनहरुमा इ-सिम फिचर रहेको कम्पनीले जनाएको छ।
यस्तै, एप्पलको आइफोन ११, आइफोन एसइ (२०२०), आइफोन १२, आइफोन १३, आइफोन १४ का मोडलहरुमा इ-सिमको सुविधा रहेको कम्पनीले जनाएको छ। एप्पलले उत्पादन गर्ने आइप्याड प्रो (२०१८ पछिका), आइपड, आइपड एयरसहित एप्पलको वाच सिरिज ३, ४, ५, ६ र वाच एसइले इ-सिम सपोर्ट गर्छ।
हुवावेको पी ४०, पी ४० प्रो र मेट ४० प्रोमा इ-सिम उपलब्ध रहेको कम्पनीले जनाएको छ। मोटोरोलाको आरएजेडआर २०१९ र आरएजेडआर फाइभजीमा इ-सिम उपलब्ध छ।
त्यसैगरी, ओप्पोको फाइन्ड एक्स थ्री प्रो, रेनो फाइभ ए, रेनो सिक्स प्रो फाइभजी, फाइन्ड एक्स फाइभ, एक्स फाइभ प्रो र ए ५५ एस सेटले इ-सिम सपोर्ट गर्ने कम्पनीले जनाएको छ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
