- Loading...
नवौं राष्ट्रिय प्रतियोगिताकाे महिला भलिबल र तेक्वान्दो म्याग्दीमा हुने
- पुनहिल डट कम
- २ साल अघि
- २२८ पटक पढिएको

गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ सम्म हुने नवौं राष्ट्रिय प्रतियोगितामा समावेश ३६ खेलमध्ये महिला भलिबल र तेक्वान्दाे खेल म्याग्दीमा हुने भएका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गण्डकी प्रदेशका ७ जिल्लामा प्रतियोगिता सञ्चालन गर्ने निश्चित गरेको हो ।
कास्कीकाे पोखरा रंगशालामा एथलेटिक्स, ब्याडमिन्टन, महिला क्रिकेट, टेनिस, बक्सिङ, पुरुष भलिबल, जिम्न्यास्टिक, महिला तथा पुरुष ह्यान्डबल, सफ्ट टेनिस, स्क्वास, उसु, पुरुष बास्केटबल, आर्चरी र फेन्सिङ प्रतियोगिता हुनेछन् ।
त्यसबाहेक, महिला फुटबल स्याङ्जाको वालिङ, महिला भलिबल र तेक्वान्दो म्याग्दी, बुद्धिचाल गोरखा, सेपाकताक्रो महिला र पुरुष नवलपुर, कुस्ती थारु संग्रहालय कावासोती नवलपुर, कराते पर्वत र आईटीएफ तेक्वान्दो बागलुङमा हुनेछ ।
यसअघि नै पुरुष क्रिकेट भदौ २३ बाटै काठमाडौंमा सुरु भइसकेको छ भने सुटिङ काठमाडौंमा नै हुनेछ । खेल स्थल व्यवस्थापन उपसमिति, सम्बन्धित खेल संघका प्रतिनिधि र प्रशिक्षकको सिफारिसमा प्राविधिक उपसमितिले खेलस्थलको टुंगो लगाएको थियो । राखेपले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी खेलस्थल सार्वजनिक गरेको हो ।
बुधबार प्रतियोगिताको ‘काउन्टडाउन’ समेत सुरु. भएको छ । प्रतियोगिता हुन ३० दिन बाँकी छ । यही राष्ट्रिय खेलकुदमार्फत पहिलोपल्ट खेलाडीको अनलाइन दर्ता सुरु भएको छ । प्रत्येक टिमले खेलाडीको अनलाइन फारम भर्नुपर्ने व्यवस्था गरिएको छ । विभागीय र गैरआवासीय नेपाली संघको टिमले अनलाइन फारम भरिसकेका छन् ।
प्रतियोगितामा ३६ खेलको ४ सय ४ विधामा १ हजार ३ सय ८६ पदकका लागि ७ हजार ७ सय ९९ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । सात प्रदेश, तीन विभागीय र एक गैरआवासीय नेपाली संघ गरी ११ टिम सहभागी छन् ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
