- Loading...
गायीका अमृता श्रीपाल माथि जापानमा दुव्र्यवहार, मोनाको ध्यानाकर्षण
- पुनहिल डट कम
- २ साल अघि
- ६२० पटक पढिएको

सांगीतिक कार्यक्रमका लागि जापानमा पुगेकी लोक दोहोरी गायीका अमृता श्रीपाललाई दुव्र्यवहार गरिएको घटना प्रति म्याग्दी प्रवासी नेपाली संघ मोना जापानले ध्यानाकर्षण भएको जनाएको छ ।
बुधवार एक विज्ञप्ती जारी गर्दै मोनाले गायीका श्रीपाललाई ओसाका काबे स्थित धवलागिरी दोहोरी साँझका संचालक धन थापाबाट भएको अमानवीय व्यवहारको घोर भत्सना गरेको छ ।
म्याग्दीको बेनी नगरपालिका – ३ भकिम्ली निवासी गायीका श्रीपालले आफुमाथि थापाद्वारा दुव्र्यवहार भएकोले व्यक्तिगत सुरुक्षाको माग गर्दै मोनामा निवेदन दिएकाे मोना जापानका महासचिव गणेश श्रेष्ठले बताए ।
मोना जापानका महासचिव श्रेष्ठ र अध्यक्ष सचिन श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तीमा थापालाई गल्ती सच्याउदै यथाशिघ्र गायीका समक्ष माफी माग्न र अाउँदा दिनको यो हर्कत नदोहो¥याउने प्रतिवद्धता जनाउन आग्रह गरिएको छ ।
त्यसैविच, गायिका अमृता श्रीपालले आफुलाई भौतिक आक्रमण र मानसिक टर्चर दिएको भन्दै राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान, जापान शाखामा उजुरी दिएकी छन् ।गत अगस्ट १३ मा जापानको ओसाका कोबे सहरस्थित धौलागिरि दोहोरी साँझमा सांगीतिक प्रस्तुतिका लागि जापान पुगेकी श्रीपालले उक्त दोहोरी साझाँका संचालक तथा जापान लैजान स्पोन्सर गरेका बागलुङका थापाले आफुमाथि भौतिक आक्रमण र मानसिक चर्टर दिएको उजुरीमा उल्लेख छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
