- Loading...
पहिरोले बेनीखानेपानीमा क्षति, कलेक्सन,स्लो स्याण्ड र रिर्जवयर ट्याड्ढी पनि जोखिममा
- पुनहिल डट कम
- २ साल अघि
- ३३१ पटक पढिएको

पहिरोले क्षति पुर्याएपछि म्याग्दी सदरमुकाम बेनीबजारलाई वितरण गरिएको बेनी खानेपानी आपुर्ति बन्द भएको छ । बेनी खानेपानीबाट सदरमुकाम बेनीका ९ सय ३० घरधुरीका २० हजार जनसंख्यालाई २४ सै घन्टा श्वस्च्छ र सफा खानेपानी पुर्याउँदै आएको थियो ।
शनिवार राती गएको पहिरोले ट्याड्ढीबाट बेनी बजारमा पानी आपुर्ति गर्ने वितरण पाईपलाईनमा क्षति पुर्याएको छ । पानी संञ्चालन हुन कम्तीमा दुई दिन लाग्ने बेनी खानेपानी उपभोक्ता संस्थाले जनाएको छ । पहिरोले बेनी खानेपानी उपभोक्ता संस्थाको बराहपाखो स्थित कलेक्सन, पानी फिल्टर गर्ने स्लो स्याण्ड ट्याड्ढी र वितरण गर्ने रिर्जवयर ट्याड्ढी पनि जोखिममा छन ।
‘पहिरोले रिजर्वयर ट्याङ्कीबाट उपभोक्तालाई वितरण गरेको पाईप लाईनमा क्षति पुगेको छ । एक लाख क्षमताको स्लो स्याण्ड ट्याड्ढी जोखिममा छ’ बेनी खानेपानी उपभोक्ता संस्थाका मुख्य पानी मिस्त्री राजेश पाण्डेले भने, ‘पानीलाई तल्लो स्लो स्याण्ड र रिजर्वयर ट्याड्ढीमा नहाली सोझै वितरण लाईनमा जोड्ने र पानी आपूर्ति सहज बनाउन लागेका छौं ।’
मिस्त्री पाण्डेले थपे, ‘समितिले पहिरो नियन्त्रण र खानेपानीका कलेक्सन, रिर्जवयर र स्लो स्याण्ड ट्याड्ढी सुरक्षीत गर्ने र ब्यवस्थित गर्न छलफलमा हुनुहुन्छ ।’
मनसुनका तीन महिना ट्याङ्कीदेखी मुहानसम्म ८ किलोमिटर लामो लाईनमा कहीं न कहीं बाढी र पहिरोले क्षति पुऱ्याउने गरेको छ ।
बेनीमा ल्याएका दुई वटा पाईपलाईन मध्य पुराना पाईपलाई अधिकांश क्षेत्रमा जमिनमुनी भएकोले बाढीपहिरोले कम क्षति गरिरहेको छ । तर नयाँ पाईपलाईन भने जमिनमाथी रहेकोले पहिरो र माथीबाट ढुङ्गा खसेर पनि भाँच्ने/फुटाउने गर्दा धेरै क्षति पुग्ने गरेको छ ।
मुलको सफा र शुद्ध खानेपानी आपूर्ति गर्न अन्नपूर्ण गाउँपालिका, ८ काफलडाँडाको पुम्दिखोलाको मुलबाट १८ बर्षअघि एशियाली विकास बैंकबाट ऋण लिएर १८ किलोमिटर लामो पाईपबाट पानी ल्याई ३२ लिटर प्रति सेकेण्ड पानी वितरण गर्दै आएका थियो ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
