- Loading...
म्याग्दीका १८ वडा सचिव रिक्त, अहेवको भरमा वडा कार्यालय
- पुनहिल डट कम
- २ साल अघि
- २४० पटक पढिएको

जिल्लाका ६ वटा स्थानीय तहका ४५ वडामध्य १८ वटामा वडासचिव रिक्तहुँदा श्वास्थ्यकर्मी, कृषी प्राविधिक र सवइन्जिनियरले पञ्जिकाधिकारीको काम गरिरहेका छन ।
दुर्गम धवलागिरी गाउँपालिका, १ गुर्जामा वडासचिवको काम स्थानीय स्वास्थ्य चौकी इन्चार्ज अहेवलाई, ४ नम्बर वडा सचिवको काम कृषी प्राविधिकलाई, ७ नम्बर वडामा कम्प्युटर अपरेटरलाई वडा सचिवको जिम्मेवारी दिईएको छ । धवलागिरी गाउँपालिकामा लेखा अधिकृत, शिक्षा अधिकृत, योजना अधिकृत र इन्जिनियर दरवन्दी रिक्त छन । लेखापालको काम आन्तरिक लेखा परिक्षण शाखाका सलेपालाई जिम्मा लगाईएको छ ।
‘दुर्गम भुगोलमा कर्मचारी टिकाउनै हम्मे हुन्छ । प्रशासनका कर्मचारी नभएपछि स्वास्थ्यकर्मीलाई वडा सचिवको जिम्मेवादी दिएका छौं’ धवलागिरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव रिजालले भने, ‘प्रशासन तर्फ मात्र होईन, विद्यालयहरुमा विषयगत शिक्षक अभाव छ । स्वास्थ्यचौकी, कृषी र पशु शाखामा पनि कर्मचारी अभाव उस्तै छ । दुर्गम भुगोलमा न्युन कर्मचारीलाई चारै तर्फ नचाएर सुविधायुक्त पालिका र सहरसँग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता छ ।’
त्यस्तै, मालिका गाउँपालिकाको २, ३ र ४ वडामा तत वडामा रहेका स्वास्थ्यचौकी इन्चार्ज (अहेव)लाई वडा सचिवको रुपमा खटाईएको छ । ७ नम्बर वडामा सव इन्जिनियरलाई वडा सचिव बनाईएको छ । अध्ययन र अनुभव नभएका प्राविधिक क्षेत्रका कर्मचारीलाई वडा सचिवको जिम्मेवादी दिनु परेकोले पालिकाको काम प्रभावित हुने गरेको छ ।
धवलागिरी र मालिका गापामा मात्र होईन, मंगला गाउँपालिकाको १, ३ र ४ वडा, रघुगंगा गाउँपालिकाको ४, ६ र ७ वडा तथा अन्नपूर्ण गापाको २ र ८ नम्वर वडामा सचिव छैनन । ति वडामा वडा सचिवको पञ्जिकरणको काम कृषी प्राविधिक र अहेवलाई दिईएको छ ।
‘शिफारिस समेतका काम वडाध्यक्ष र अन्य सहयोगीले गरेपनि जन्म, मृत्यु, बसाईसराई, विवाह दर्ता र सम्बन्ध विच्छेद जस्ता पञ्जिकरणका काममा वडा सचिवको नहुँ निजामति सेवाका कर्मचारी नै हुनु पर्ने ब्याध्यात्मक ब्यवस्था रहेकोले अहेव, जेटिएहरुर्लाइ जिम्मेवारी थपेका हौं’ मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले भने, ‘दोहोरो जिम्मेवारी हुँदा केही कठिनाई भएपनि जनताले पाउने सेवा अवरुद्ध हुन दिएका छैनौं ।’
दुई वर्ष अघि लोकसेवा उत्रिर्ण भै आएका वडा सचिवहरु धमाधम घरपायक र सुविधायुक्त पालिका वा कार्यालय रोजेर जान थालेपछि दुर्गमका स्थानीय तह कर्मचारी विहिन बन्न थालेका छन । जिल्लामा कर्मचारी अनडिने समस्या अहिलेको मात्र होईन । दुर्गम र कठिन भुगोल भएकोले कर्मचारी बस्न मान्दैनन । सरकारले हिमाली जिल्ला घोषणा गरेपनि सोही अनुसारको सुविधा थप नगरेपछि कर्मचारी झन विच्किएका हुन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
