- Loading...
भारतले धान र चामलमा लगाएको करले नेपालमा महँगी बढ्ने
- पुनहिल डट कम
- २ साल अघि
- ५६९ पटक पढिएको

भारत सरकारले एकतर्फी रुपमा धान तथा चामलको निर्यातमा २० प्रतिशत कर लगाउँदै कनिका निर्यातमा पूर्ण बन्देज गरेसँगै नेपालमा महँगी बढ्ने भन्दै चिन्ता जनाएका हुन् ।
भारतले शुक्रबारदेखि लागू हुनेगरी बासमती र उसिनाबाहेकको चामल र धान निर्यातमा २० प्रतिशत कर लगाएको छ । पत्रकार सम्मेलनमा संघका अध्यक्ष एवम् दाल, चामल, तेल उत्पादक संघका राष्ट्रिय अध्यक्ष सुबोध कुमार गुप्ताले भारतले शून्यबाट एकैपटक २० प्रतिशत भन्सार महशुल वृद्धि गर्नुले नेपालमा दूरगामी असर पर्ने बताए । ‘भारतको यो निर्णयले दसैँ, तिहार र छठजस्ता नेपालीको महान पर्वहरुको समयमा चामलको मूल्य २० प्रतिशतले बढ्ने निश्चित छ,’ उनले भने, ‘यसले नेपालमा महँगीसँगै भोकमरीको अवस्था समेत आउन सक्छ ।’ नेपाल सरकारले अविलम्ब भारत सरकारसँग समन्वय गरी नेपालका लागि चामल निर्यातमा कर नलाग्ने व्यवस्था गर्नु पर्ने गुप्ताले बताए ।
‘भारत सदियौंदेखि नेपालको असल छिमेकी मुलुकको रुपमा रहेको छ, हामीबीच रोटी बेटीको सम्बन्ध छ । दुवै मुलुकबीच सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक सम्बन्ध छ र व्यापारिक क्रियाकलाप हुँदै आएको छ,’ उनले भने, ‘एकले अर्को देशको अर्थतन्त्रलाई सघाउ पुर्याउने किसिमले नीतिगत व्यवस्था गर्नुपर्ने हाम्रो जोड हो ।’
भारतसँग नेपालको झण्डै ८० देखि ८५ प्रतिशतसम्म व्यापारिक क्रियाकलाप भइरहेको र त्यसमा पनि धान, गहुँ, चामल, गेडागुडी लगायतका खाद्यान्नको आयात अझ ठूलो मात्रामा हुँदै आइरहेको गुप्ताले बताए ।
भारतले धान, चामलमा एकै पटक २० प्रतिशत भन्सार शुल्क कायम गर्दा नेपालमा सञ्चालित चामल मिलहरु बन्द हुने अवस्थामा पुग्ने र आम उपभोक्ता थप महँगीको मारमा पर्ने उनले बताए । त्यस्तै कनिका निर्यातमा भारतले लगाएको प्रतिबन्धले बियर उद्योग समेत प्रभावित हुुने भएका छन् ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
