- Loading...
हरीकृष्ण श्रेष्ठ एमाले म्याग्दीका सर्वसम्मत उम्मेदवार
- पुनहिल डट कम
- २ साल अघि
- ३३९ पटक पढिएको

प्रमुख प्रतिपक्षी दल एमाललेले एक मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीबाट प्रतिनिधी सभा निर्वाचनमा हरीकृष्ण श्रेष्ठलाई सर्वसम्मत उम्मेदवार शिफारिस गरेको छ ।
लामो समय जिल्ला अध्यक्ष संहालेका र दुई पटक पार्टी भित्र आकांक्षी बनेका श्रेष्ठको उम्मेदवार बनाउन जिल्ला कमिटीले माथिल्लो निकायलाई शिफारिस गरेको हो ।
सोमबार बेनी नगरपालिका, २ हाडेभीर स्थित पार्टी कार्यालयमा बसेको जिल्ला कमिटीको बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो । सर्वसम्मत उम्मेदवारी टुङ्गाएसँगै एमाले कार्यकर्तामा उत्साह देखिएको छ ।
संसदीय निर्वाचन सुरु भएयता ०४८ सालपछि गठवन्धनका वावाजुद पनि जिल्लामा चुनाव जितिने आंकलन सहित एमाले भित्र सर्वसम्मत उम्मेदवार बनाईएको यो पहिलो हो ।
‘जिल्लामा सवै कमरेडहरुको एक्यवद्धतापूर्ण निर्णयले निर्वाचनमा सकरात्मक सन्देश प्रवाह गरेको छ । निर्वाचन टिमवर्क पनि हाे । कार्यकता, शुभेच्छुक र मतदातामा उत्साह बढेको छ । निर्णय गर्ने र समर्थन गर्ने सवै कमरेडहरुलाई धन्यवाद सहित अव चुनावमा जुट्न अनुरोध गर्दछु’ सर्वसम्मत निर्णयबाट उम्मेदवार शिफारिस भएपछि एमाले गण्डकी प्रदेश सचिवालय सदस्य तथा पूर्व जिल्ला अध्यक्ष हरीकृष्ण श्रेष्ठले भने, ‘सत्ता गठवन्धनमा दलहरुको मिलेमतो मात्र हुने छैन, सत्ताको चरम दुरुपयोग गर्ने प्रयास हुने छ । यी सवैलाई जित्नु पर्ने छ । म एमालेका मतदाता बाहेक काँग्रेस, माअोवादी र नेकपा एसकै मत लिएर भारी मतले जित्छु । सूर्य चिन्हले जित्छ । ’
एमालेबाट प्रतिनिधी सभाको समानुपातिक तर्फ पूर्व राज्य मन्त्री नरदेवी पुन र द्वन्द्वपीडित तथा अपाङ्गता कोटाबाट केपी अधिकारीको नाम शिफारिस गरेको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
