- Loading...
म्याग्दीका सवै पार्टीले टुङ्गाए आकांक्षीहरुको लिष्ट, ब्यवस्थापनमा चुनौती
- पुनहिल डट कम
- २ साल अघि
- २७७ पटक पढिएको

प्रमुख प्रतिपक्षी दल एमाललेले सोमबार प्रतिनिधी सभा सदस्य निर्वाचनमा आफ्नो पार्टीको उम्मेदवार छनौट गरेसँगै जिल्लाका सवै दलहरुले संघिय तथा प्रदेश सभा निर्वाचनका आकांक्षीहरुको लिष्ट टुङ्गाएका छन ।
एमाले, काँग्रेस, माओवादी केन्द्र समेत सवै दलले आकांक्षीहरुको लस्करलाई जिल्लामा ब्यवस्थापन गर्न असक्षम भएपछि हुलका हुल आकांक्षीलाई केन्द्रमा पठाएका हुन । प्रतिपक्षी दलसँग चुनावी प्रतिस्पर्धात्मक खेल खेल्नु अघि टिक हुत्याउने दल भित्रको प्रतियोगितामा ‘बल’ अव जिल्लाबाट प्रदेश र केन्द्रको कोर्टमा हुत्तिएको छ ।
जिल्लाबाट उम्मेदवारहरुको लिष्ट माथिल्लो निकायमा शिफारिस भएपछि कार्यकर्ता र जिल्लाका नेताको हातपाउ मुसार्दै आएका आकांक्षीहरु अव प्रदेश र केन्द्रका नेताको चाकडी र सम्बन्ध विस्तार गर्न सुरु भएको छ ।
म्याग्दीबाट एमालेले प्रतिनिधी सभा निर्वाचनमा हरीकृष्ण श्रेष्ठलाई सर्वसम्मत उम्मेदवार शिफारिस गरेको छ । एमालेबाट प्रतिनिधी सभाको समानुपातिक तर्फ पूर्व राज्य मन्त्री नरदेवी पुन र द्वन्द्वपीडित तथा अपाङ्गता कोटाबाट केपी अधिकारीको नाम शिफारिस गरेको छ ।
त्यस्तै सत्तारुढ गठवन्धनका मुख्य घटक काँग्रेसले पनि प्रतिनिधी सभा निर्वाचनमा चार जना आकांक्षीहरुको नाम केन्द्रमा शिफारिस गरेको छ । काँग्रेसबाट संघिय संसदमा उम्मेदवार बन्न जिल्ला सभापति खमबहादुर गर्वुजा, पूर्व सभापति रेशम बानियाँ, उपसभापति केवी भण्डारी र नेत्रबहादुर महतले आकांक्षा देखाएका छन । गठवन्धनमा संघिय ससदको टिकट आफ्नो पार्टीले पाउने आसामारहेको काँग्रेसका आकांक्षीहरुमध्य गर्वजा र महत देउवा र बानियाँ र भण्डारी रामचन्द्र खेमाका हुन ।
काँग्रेसबाट समानुपातिक तर्फ श्रीप्रसाद रोका, सुरेन्द्र खत्री, देवी बुढा, खिम पुर्जा, याम हर्मेल, तमबहादुर थापा र तेजेन्द्र थापासमेत ७ जनाको नाम शिफारिस गरेको छ ।
गठवन्धनको अर्को घटक माओवादी केन्द्र म्याग्दीले पनि प्रतिनिधी सभा सदस्य उम्मेदवारका आकांक्षीको नाम सर्वसम्मत गर्न नसकेपछि जिल्ला इन्चार्ज गोविन्द पौडेल, जिल्ला संयोजक रेशम जुग्जाली, विनोद केसी र चन्द्रबहादुर घिमिरेको नाम शिफारिस गरेको छ ।
माओवादी केन्द्रले प्रतिनिधी सभाको समानुपातिक तर्फ कृष्ण थापाको नाम शिफारिस गरेको छ ।
त्यस्तै गठवन्धनको तेस्रो घटक नेकपा एकिकृत समाजबादीले पनि संघिय संसदमा उम्मेदवार बन्ने आकांक्षीको नाम सर्वसम्मत गराउन सकेन । नेकपा एसबाट प्रतिनिधी सभा सदस्य निर्वाचनमा कथंकदाचित भाग परेको खण्डमा गोविन्द सुवेदी र याम श्रेष्ठलाई उम्मेदवार बनाउने गरी दुई जनाको नाम केन्द्रमा शिफारिस गरेको छ ।
नेकपा एसले संघको समानुपातिक तर्फ बद्री पुन (दिलु), देउप्रसाद छन्त्याल र होमबहादुर बरुवालको नाम शिफारिस गरेको छ ।
प्रदेश सभा तर्फ निर्वाचन क्षेत्र ‘क’ मा प्रतयक्ष तर्फ एमालेले एक जना महिला हेमकुमारी पुनसमेत जिल्ला अध्यक्ष देवेन्द्र केसी, उपाध्यक्ष बालकृष्ण सुवेदी, सन्तोष रावल, नारायण जिसी, खुमबहादुर बानियाँ, बेलबहादुर चोखाल, रामप्रसाद सुवेदी, लोक भण्डारी, शिवकुमार बरुवाल समेत ११ जनाको नाम शिफारिस गरेको छ ।
निर्वाचन क्षेत्र ‘ख’मा नवराज शर्मा, याम गर्वुजा, धनबहादुर गुरुङसमेत ६ जनाको नाम शिफारिस गरेको एमाले जिल्ला इन्चार्ज भुपेन्द्रबहादुर थापाले बताए ।
त्यस्तै, काँग्रेसले प्रदेश निर्वाचन क्षेत्र ‘क’ प्रत्यक्ष तर्फ हरीकुमार श्रेष्ठ, मीनबहादुर कार्की, ओम छन्त्याल र डमबहादुर गर्वुजाको नाम शिफारिस गरेको छ । ‘ख’ तर्फ मनमोहन वुढाथोकी छन्त्यालको एकल नाम शिफारिस गरेको छ ।
माओवादी केन्द्रले प्रदेश ‘क’ को प्रत्यक्ष तर्फ हरी भण्डारी, बागविर पाईजा समेत ५ जनाको नाम शिफारिस गरेको छ । प्रदेश ‘ख’ बाट पनि खुमनाथ सुवेदी, चन्द्र बुढाथोकी समेत ५ जनाको नाम केन्द्रमा पठाएको छ । नेकपा एसबाट ‘क’ मा जिल्ला अध्यक्ष कृष्णकुमार विक र हेमराज शर्मा तथा ‘ख’ मा जयन्द्र केसी र अनुप गौचनको नाम शिफारिस गरेको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
