- Loading...
चुनावकाे मुखमा बेनी अस्पतालका ठेकदार खाेज्दै युवा, विद्यार्थी
- पुनहिल डट कम
- २ साल अघि
- ४३१ पटक पढिएको

आगामी मंसिर ४ गते हुने आमनिर्वाचनअर्न्तगत गण्डकी प्रदेशसभा सदस्य निर्वाचनका लागि दलहरूले चुनाव जित्ने उम्मेदवारकाे खाेजी भैरहँदा म्याग्दीमा भने ठेकदारकाे जाेखी थालिएकाे छ ।
एमालेका युवा तथा विद्यार्थी संगठनहरूले सदरमुकाम स्थित निर्माणधिन ५० वेड क्षमताकाे बेनी अस्पतालको भवन अलपत्र पार्ने निर्माण ब्यवसायीकाे तस्वीर सहित सुचना टाँसेर खाेजी सुरू गरेकाे हाे । विकास निर्माणकाे पारदर्शी, समयमै गुणस्तरिय निर्माण गर्न युवा, विद्यार्थीकाे दवाव उचित रहेपनि चुनावकाे मुखमा ठेकदारकाे खाेजी हुँदा बेनी अस्पताल भवन अलपत्र पार्ने ठेकदालाइ ‘राजनैतिक रङ्ग’ दिएर पन्छने निहुँ पाएका छन ।
आइतवार साँझ निर्माणधिन अस्पताल भवन परिसरमा ठेकेदार महादेव खिम्ती गल्वा रफिना जेभीका सञ्चालक तथा नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रवीसिंह श्रेष्ठकाे ‘फाेटाे सहितकाे सूचना वाेर्ड’ टाँसेर हराएको भन्दै विरोध गरेका।
तत्कालिन शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङसंग २०७३ पुस २१ मा महादेव खिम्ती, गल्वा रफिना जेभीले रु १८ करोड ८४ लाख ८ हजार ८९ मा ठेक्का सम्झौता गरेको थियो । २०७६ मंसिर २० गते भित्र निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भएपनि नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रवीसिंह श्रेष्ठसमेत निर्माण ब्यवसायीले बेनी अस्पताल भवन अलपत्र पार्दा म्याग्दीबासीले जिल्लामा पाउने धेरै विशेषज्ञ डाक्टरहरूकाे सेवाबाट वन्चित छन ।
निर्माण सम्पन्न गर्नुपर्ने म्याद गुजारेको करित तीन बर्ष पुग्न लाग्दा बेनी अस्पतालको भवन निर्माण योजनाका काम करिब ५० प्रतिशत मात्रै सकिएको छ । निर्माण व्यवसायीको चरम ढिलासुस्ती र लापरबाहीको कारण बेनी अस्पतालको निर्माणधिन भवन ढिलासुस्तीको नमुना बनेको छ ।
जिल्ला प्रशासन कार्यालयले आयोजना कार्यान्वयन गर्ने सघन शहरी तथा भवन निर्माण आयोजना बागलुङलाई अस्पताल भवन निर्माणमा ढिलासुस्ती भएको भन्दै निर्माण कम्पनीलाई कार्यक्षेत्रमा परिचालन गराउन लिखित पत्राचार नै गरिसकेको छ । तर नियामक निकाय निरिह बनेका छन ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
