- Loading...
राष्ट्रिय आविष्कार केन्द्रले दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन बनाउँदै
- पुनहिल डट कम
- २ साल अघि
- ४०५ पटक पढिएको

राष्ट्रिय आविष्कार केन्द्रले लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रको सहकार्यमा सिन्केधुप र दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन बनाउने भएको छ ।
शुक्रबार उद्योग मन्त्रालयमा मेसिन बनाउन आवश्यक पर्ने प्रविधिको अध्ययन, अनुसन्धान र विकासका लागि काम गर्न लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र र आविष्कार केन्द्रबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
समझदारीमा प्रवर्द्धन केन्द्रका निमित्त प्रमुख विष्णुप्रसाद भुसाल र आविष्कार केन्द्रको तर्फबाट अध्यक्ष महावीर पुनले हस्ताक्षर गरेका थिए । आविष्कार केन्द्रले आगामी वैशाखसम्म सिन्केधुप र दाँत कोट्याउने सिन्का उत्पादन गर्ने मेसिन निर्माण बनाइसक्नेगरी सरकारले सघाउने सम्झौता भएको छ ।
उनले नेपालको राष्ट्रिय उत्पादनलाई अभिवृद्धि गरी उत्पादनको उपभोगमा समेत अभिवृद्धि गर्ने राष्ट्रिय नीति रहेको बताए । मन्त्री बडूले उत्पादन गर्ने कुरा स्थानीय तहबाट नै सुरु गर्दा स्थानीयस्तरमा नै रोजगारी सिर्जना हुने विश्वास व्यक्त गरे ।
उनले उत्पादन बढाउने उद्योगहरु स्थापना गर्दा स्थानीय स्तरमा रोजगारी सिर्जना भएर रोजगारीको क्षेत्रमा ठूलो रुपान्तरण हुने बताएका थिए । मन्त्री बडूले स्थानीय स्तरमा नै उत्पादन बढाउनका लागि सरकारले साना साना उद्योगको योजनाहरु अगाडि बढाएको दाबी गरे ।
उनले सातवटै प्रदेशमा बिजनेस इनोभेसन सेन्टर खोल्ने कल्पना गरेको भन्दै त्यसले उद्यम र उद्यमीहरुको संख्या बढाउने बताए । उत्पादन क्षेत्रमा काम गरिरहेका निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अगाडि बढ्ने पनि उनको भनाइ थियो ।
‘नेपालको गाउँघरमा ठूलो रोजगारीको माध्यम भनेका साना घरेलु उद्योगहरु हुन् । यस्ता उद्योगको प्रवर्द्धन गर्न सक्यौं भने हाम्रो गाउँघरको आवश्यकता पूरा र रोजगारी सिर्जना हुन्छ । राष्ट्रिय आविस्कार केन्द्रले यो भन्दा राम्रो काम गर्नु भएको छ । मुलुकको निम्ति आवश्यकता कहाँ त्यसका लागि के आविस्कार गर्नुपर्छ । मुलुकको तत्कालको आवश्यकता के हो त्यसलाई सानो स्तरबाट कसरी सकिन्छ त्यसको खोजि केन्द्रले गरेको छ । कृषि प्रयोजनका लागि प्रयोग हुने कृषि उत्पादनलाई सहज रुपमा छिटो छरितो बनाउनको लागि मेसिन तयार गर्नुभएको र त्यसको स्थानीय किसानहरुको प्रयोग हुन थालेका छन् । यो महत्वपूर्ण कुरा छ । अहिले सरकारको उद्देश्य नेपालको राष्ट्रिय उत्पादनलाई अभिवृद्धि गर्ने र उत्पादनको उपभोगमा पनि अभिवृद्धि गर्ने सरकारको लक्ष्य छ,’ मन्त्री बडूले भनेका छन् ।
भन्सार विभागको पछिल्लो तथ्यांक अनुसार दाँत कोट्याउने सिन्का खरिदका लागि मात्रै नेपालबाट एक वर्षमै दुई करोड ५३ लाख ५२ हजार बराबरको रकम विदेशिएको छ । समझदारी अनुसार सरकारले आविष्कार केन्द्रलाई अनुदानस्वरुप ४० लाख रुपैयाँ यस आर्थिक वर्षका लागि प्रदान गर्नेछ । *इकान्तिपुरबाट

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
