- Loading...
पश्चिम म्याग्दी लघु जलविधुत कै भर
- पुनहिल डट कम
- २ साल अघि
- ३५९ पटक पढिएको
जिल्लाका पश्चिमभेगका अधिकांश वस्ती उज्यालोकालागी लघुजलविधुत कै भरमा छन ।
०५७–६० सम्म निर्माणा गरेका पुराना र जीर्ण माइक्राेले मंगला र रघुगंगा गापाकाे केही वस्ती, मालिका र धवलागिरी गापाका अधिकांश वस्ती उज्यालाे छरेका छन । साविकको जिल्ला विकास समिति मातहतको उर्जा विकास कार्यक्रम, व्रिटिश वयरफेयर अन्र्तगतको काधुरी समेत विभिन्न संघसंस्थाले स्थानीयकाे श्रमदान र चन्दासमेत जुटाएर भिन्नन वस्तीमा गरी २० वटा माईक्रो हाईड्रो निर्माणगरी तीन सय २७ किलोवाट विधुत उत्पादन गरी छाेडेका थिए । ति मध्य अधिकांश अझै जेनतेन चलेका छन । केही भने जीर्ण भै भताभुङ अवस्थामा छन ।
जिल्लाको सवैभन्दा दुर्गम धवलागिरी गाउँपालिकाका ४ मुदी र ७ ताकमबाहेक सवै ५ वटामा लघुजलविधुत आयोजनाबाट उज्यालो पुगेको छ । धवलागिरी गापा वडा नं ४ मुदीका अधिकांश घर उज्यालोकालागी सोलारवत्तिको भरमा छन । ३ मुनामा केन्द्रीय लाईन पुगेपनि स्थानीयले दरखोला लघुजलविधुत आयोजनाकै विद्युत प्रयोग गर्छन । वडा नं ७ ताकममा केन्द्रीय लाईन पुगेपनि विकल्पको रुपमा सौर्य उर्जा प्रयोग गरिन्छ ।
धवलागिरी गापा, १ गुर्जामा इङ्लेखोला (३० किवा), २ लुलाङमा दरखोला दोस्रो (२५ किवा), ३ मुनामा दरखोला लजविआ (५० किवा), ५ मल्कवाङमा मलम्पारखोला (२० किवा), ६ मराङमा मराङखोला (३० किवा) लघुजलविधुतको उज्यालो पुगेको छ । वडा नं ४ मुदीमा र ७ ताकममा केन्द्रीय विधुत पुगेपछि स्थानीयले विकल्पको रुपमा सोलार वत्तिको उज्यालो प्रयोग गर्छन । गुर्जामा ०५१ सालमा निर्मित दरमखोला (२५किवा) लजविअ भने बन्द छ । पुरानोले नथगेपछि नयाँ निर्माण भएसँगै पुरानो अलपत्र परेको वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए ।
साविक जिल्ला विकास समिति अन्र्तगत युएनडिपीको सहयोगमा स्थापित उर्जा विकास शाखाले ०६७/०६८ सालमा दरखोला दोस्रो लुलाङ्ग (२५ किवा) लघुजलविधुत आयोजनाबाट उज्यालो गर्दै आएका लुलाङवासीलाई दरखोलामा आउने बाढीले बारम्बार दुख दिने गरेको छ ।
०७० सालमा लम्सुङमा आएको पहिरोले लुलाङ लघुजलविधुत आयोजनाको पावरहाउससहित सवै संरचना बढाएपछि ५ किमी माथी नयाँवनमा सोही खोलामा २५ किवा क्षमताकै अर्को लघुजलविधुत आयोजनाबाट विधुत बाल्दै आएका छन ।
मालिका गाउँपालिका केन्द्र दरवाङसमेत अधिकांश वस्तीमा लघुजलविधुतको उज्यालो बालेका छन । मालिका गापाका सवै वडामा केन्द्रीय विधुत लाईन पुगेपनि लघुजलविधुत भर छुटेको छैन । केन्द्रीय विधुत लाईन पटक–पटक जाने/आउने गर्ने भएकोले स्थानीयले बढी पावरको विधुत आवश्यक पर्दा केन्द्रीय र वत्तिमात्र बाल्न लघुजलविधुतको विधुत प्रयोग गर्ने गरेका छन ।
मालिका गापा १ निस्कोटमा ५१ किवाको रुमखोला लजविआ, २ र ३ रुममा ११ किवा छेरवाङखोला र २२ किवाको पात्लेखहरे लघुजविआले उज्यालो पुर्याएका छन । त्यस्तै वडा नं ४ ओखरबोटमा दाजुङखोला ३० किवा र सिस्नेरीखोला ५ किवा लघुजविआ संञ्चालनमा छन ।
‘ग्राहकले घरमा एउटै वयरिङमा ‘चेन्जओभर’ भन्ने मेशिन जोडेर केन्द्रीय लाईन वा स्थानीय लघुजलविधुत प्रयोग गर्ने हो सोही अनुसार स्वीच तल माथी गरी विधुत प्रयोग गर्ने गरेका छन’ मालिका गापा, १ मा रहेको ५१ किलोवाट क्षमताको रुमखोला लघुजलविधुत आयोजनाका प्रवन्धक भीमविक्रम मल्लले भने, ‘हिउँदमा विहान तीन घन्टा र बर्खा राती बाहेक सवै समय स्थानीय विजुली आईरहन्छ । तर केन्द्रीय लाईन कति वेला आउँछ, कति वेला जान्छ पत्तै नहुने भएकोले सामान्य उपभोक्ता माईक्रोहाईड्रोकै भर पर्छन ।’
मालिका गापा, ७ विमका वडाध्यक्ष टकबहादुर पुनका अनुसार दुई बर्ष अघि आएको विनासकारी बाढीपहिरोले सानिमखोला (८ किवा), नौलिस्नेखोला (९ किवा) र दुनोटाखोला (३ किवा) तीन वटै लघुजलविधुत आयोजना बगाएपछि हाल सवैका घरमा केन्द्रीय लाईन जोडिएको छ ।
त्यस्तै, मंगला गाउँपालिकाको वडा नं ५ अर्मनमा भने विधुतको केन्द्रीय लाईन पुगेपछि तीन वटामध्य २ वटा लघुजलविधुत आयोजना बन्द भएका छन । मंगला गापाका सवै वडामा केन्द्रीय विधुत पुगेको छ । ५ नम्बर वडा रहेको अर्मनमा निर्मित ११ किलोवाट क्षमताको महखोला, २ किलोवाटको सिर्जनाखोला लघुजलविधुत आयोजना बन्द भएका छन । १४ किलोवाटको रिठेखोला लघुजविआ भने अझै संञ्चालनमा छ । यहाँ उत्पादित विधतु नेटा वस्तीमा उपयोग भैरहेको छ ।
‘आयोजना पुराना भएपछि मर्मत संभाव खर्च बढी आउन थाल्यो । केन्द्रीय विधुत पुगेपछि बढी खर्च गरी मर्मत गर्न लागिएन’ मंगला गाउँपालिका, ५ का वडाध्यक्ष भुपेन्द्र खत्रीले भने, ‘केन्द्रीय लाईन पुग्नु अघि जोडेका सोलार वत्ति अहिले उज्यालोको वैकल्पिक माध्यम भएका छन ।’
त्यस्तै, केन्द्रीय विधुत नपुगेका रघुगंगा गाउँपालिका, वडा नं ७ चिमखोला र ८ कुईनेमंगलेबासीले पनि लघुजलविुधतको भरमा उज्यालो गरेका छन । बगरखोला (३५ किवा) लघुजलविधुत आयोजनाबाट चिमखोलाका तीन सय ४० घरमा विजुली पुगेको छ । बगरखोलाले वर्षेनी क्षति पुर्याउने गरेपनि स्थानीयले आफ्नै पहलमा दाता खोजेर मर्मत संभाव गर्दै आएका छन ।
‘केन्द्रीय विधुत आएको छैन । बगरखोला लघुजविआको भरमा उज्यालो बालेका छौं । पुरानो पनि भयो, बाढीले अघिल्लो वर्ष बाढीले पनि क्षति बेला बेला दुख दिन्छ’ रघुगंगा गापा, ७ चिमखोलाका वडाध्यक्ष रिम पाईजाले भने ‘पुख्र्यौली थलो चिमखोला भै फ्रान्समा बस्ने शुभचिन्तकहरुले नमस्ते इन्फेण्ड’ मार्फत ३५ लाख जुटाएर मर्मत गरी उज्यालो गरेका छौं ।’
रघुगंगा गापाको अर्को केन्द्रीय विधुत नपुगेको ८ नम्बर वडा रहेको कुईनेमंगले हो । कुईने र मंगले डाँडावारी र पारीका वस्ती हुन । डाँडापारीको कुईनेमा मझुवाखोला (२० किवा) र वारीको मंगले,चौरखानी, घ्याँसीखर्क लगाएतका वस्तीमा १५ किवाको छरीखोला लघुजविआबाट उज्यालो पुगेको छ ।
‘हामै वडामा निर्माणाधिन २१.३ मेगावाट क्षमताको ठूलोखोला र ३५.५ मेगावाट क्षमताको मंगलेराहुघाट जलविधुत आयोजना निर्माण पछि मात्र हामीले केन्द्रीय विधुत पाउछौं होला’ वडाध्यक्ष गमन छन्त्यालले भने, धवलागिरी हिमालफेदीका छरिएका दुर्गम वस्तीमा नाफाखोर विधुत प्राधिकरणले के विधुत लगिदेला र ।’
बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकाका सवै वस्तीमा केन्द्रीय विधुत पुगेकोले कुनै पनि वस्तीमा सौर्य उर्जा र लघुजलविधुत आयोजना छैनन । तर अन्नपूर्ण गाउँपालिका, ५ घोष्टेखोलामा ५० किलोवाट क्षमताको लघु जलविधुत आयोजना छ । त्यहाँ उत्पादित विधुत भने ढाँडखर्क, वयली र खोप्रामा रहेका सामुदायिक होटल जोडिएको छ । विधुत बनाउन एशियाली विकास वैंकको ७५ लाख, नेपाल पर्यटन बोर्डबाट ४० लााख, अमेरिका स्थित रल्लीपल्ली फाउण्डेसनबाट १८ लाख, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) १२ लाख, एनएमवि बैंकको २० लाख ऋण, साविक जिल्ला विकास समिति म्याग्दी १० लाख र स्थानियको श्रमदान २० लाख खर्च भएको छ ।
जिल्लाको पहिलो लघुजलविधुत
जापानका भूगोल र मानवशास्त्री डा. जिरो कावाकिताले नेतृत्व गरेको हिमाली क्षेत्र प्राविधिक सहयोग संघले ०४२/०४३ सालमा साविक शिख गाविसको घार गाउँमा १५ किलोवाटको कुरिलाखर्क लघुजलविधुत बनाका थिए ।
करिव पाँच महिनापछि जेनेरेटर विग्रेकोले बन्द भएको जिल्लाको पहिलो विधुत आयोजना त्यसपछि कहिल्यै बनेन । सोही समयमा कावाकिताले सोही गाविसका शिख, पाउद्धार, चित्रे, स्वाता, खिवाङ्ग वस्तीमा रोप वे र घारमै लिफ्ट सिस्टमको खानेपानी योजना पनि बनाई दिएका थिए । ‘स्थानियलाई माछा दिएको तर माछा मार्ने शिप नदिएकोले’ यी सवै संरचना मर्मत संभावमा अहिले ध्वस्त छन ।